हिंसा पिडित महिलाका लागि सेभ हाउस

राजेन्द्र कार्की । जाजरकोट
लैगिक तथा घरेलु हिंसाबाट प्रभावित महिला तथा बालबालिकाहरुको सुरक्षा र न्यायमा पहुँचका लागि जिल्ला सदरमुकाम खलंगामा अल्पकालिन आश्रय सहितको जिल्ला सेवा केन्द्र स्थापना गरिएको छ । सामाजिक विकास कार्यालयको सहयोगमा महिला अधिकार मञ्च जाजरकोटले सदरमुका खलंगा स्थित थाप्लेचौरमा भोजन र आवास सहितको आश्रय स्थल ( सेभ हाउ) स्थापना गरेको हो ।

लैगिक तथा घरेलु हिंसाबाट प्रभावित महिला तथा बालबालिकाहरुको सुरक्षा र न्यायमा पहुँचका लागि जिल्ला सदरमुकाम खलंगामा अल्पकालिन आश्रय सहितको जिल्ला सेवा केन्द्र स्थापना गरिएको महिला अधिकार मञ्च जाजरकोटका अध्यक्ष शोभा सिंहले जानकारी दिईन् । सामाजिक बिकास कार्यालय, जाजरकोटको आर्थिक सहयोगमा स्थापना भएको जिल्ला सेवा केन्द्रमा लैंगिक तथा घरेलु हिंसाबाट प्रभावित महिला तथा बालबालिकालाई स्थानीय तह वा सम्बन्धित वडा कार्यालय वा महिला सञ्जालको सिफारिसमा आएका पिडितहरुलाई भोजन, आबास, कानुनी तथा स्वास्थ्य सेवा परामर्श प्रदान गरिने अध्यक्ष सिंह बताएकी छन् ।

हालसम्म जिल्ला सेवा केन्द्रबाट सयोगापेक्षी ३ जना महिलालाई आबास सहितको भोजन, स्वास्थ्य र कानुनी परामर्श दिएर परिवारमा पुर्नमिलन गराएको अध्यक्ष सिंहले जानकारी दिईन् । कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले यस बर्ष देखि संचालन गरेको अल्पकालिन आश्रय सहितको जिल्ला सेवा केन्द्र स्थापना कार्यक्रमको मुख्य उदेश्य मानसिक तथा शारिरीक रुपमा बिच्छिप्त भएर साहारा विहिन हुन पुगेका महिला तथा बालबालिकालाई स्वास्थ्य तथा मनोपरामर्श सेवा दिनुको साथै कानुनी परामर्श दिएर पारिवारिक पुर्नमिलन गराइएको सामाजिक विकास कार्यालयका अधिकृत हर्कबहादुर बस्नेतले बताए ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya