कार्यकक्षमै कुटिए स्वास्थ्यकर्मी, कर्मचारी द्धारा घटनाको विरोध

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य सह–संयोजक तथा स्वास्थ्यकर्मी योज्ञेश्वर बस्नेतलाई कार्यकक्षमै कुटपिट गरिएको छ । जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीको निर्देशनमा स्थानिय खडक बहादुर शाही र तेजबहादुर शाहीले मदीरा सेवन गरेर कार्यालय भित्रै बस्नेत माथि कुटपिट गरिएको भन्दै गाँउपालिकामा कार्यरत कर्मचारीहरुले विरोध गरेका छन । जुनीचाँदे गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारिहरुले प्रेस–विज्ञप्ती निकालेर कुटपिट घटनाको खेद प्रकट गदै विरोध गरेका हुन् ।

 

उनीहरुले विज्ञप्तीमा घटनामा संलग्न व्यक्तिलाई यथासिघ्र कारबाहीको माग गरेका छन । जनताको नजिकको सरकारको रुपमा रहेका स्थानीय सरकारका प्रतिनिधि नै यस कार्यमा संलग्न हुनुले कर्मचारी प्रशासनमा डर र त्रासपूर्ण वातावरण सिर्जना भएको सम्पूर्ण कर्मचारीको निष्कर्ष रहेको विज्ञप्तिमा भनिएको छ ।

 

ऐन कानून विपरीत गरिएको निन्दनीय कार्यप्रति कर्मचारीको गहिरो ध्यानाकर्षण भएको बताइएको छ । सरकारकै एक जना प्रतिनिधिको संलग्नतामा कर्मचारी माथि हातपात र कुटपिट हुनुले कानूनी शासनको धज्जी उडाएको कर्मचारीद्वारा जारी गरिएका प्रेस–विज्ञप्तीमा उल्लेख गरिएको छ । गाँउपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्यले पनि  कर्मचारीको मनोबल कमजोर हुने गरि कुटपिट गरिएको घटना अत्यान्तै दुखद भएको बताउँदै दोषीलाई कारवाहीका लागि पहल भैरहेको जनाएकी छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad