गंगविवस आरसीका तीन मुक्तक

१.
काम गर्ने कालु हुन्छ मकै खाने भालु हुन्छ
भ्रमको खेती गर्ने मान्छेहरु सिपालु हुन्छ
भ्रष्टहरु रातारात धनाढ्य भएको सुनिन्छ
भारी बोक्नेहरुको हातमा आलु हुन्छ
२.
भाषणले गरिबको भोक मेटिदैन हजुर
आश्वासनले नाङ्गो छाती ढाकिदैन हजुर
गरिवका कुरा गरेर यो धर्ती नहसाउनु अब
तिमीहरुको आँखाबाट गरिव देखिदैन हजुर
३.
आकास झरोस् धर्ती फाटोस भर तिम्रै लाग्छ
जिन्दगीमा जो कोही आओस् भर तिम्रै लाग्छ
हिराको अगाडी फलाम जस्तै हुन् अरु सबै सबै
जसले जति गुणजायस लाओस् भर तिम्रै लाग्छ

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya