सहदेव बस्नेत । जाजरकोट
जाजरकोट का चार वटा पालिकामा चालु आर्थिक वर्षमा चार वटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएका छन । संघीय सरकारको स्वीकृत बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य सेवा कार्यालय (आयुर्वेद शाखा) जाजरकोट द्वारा उक्त कार्यालयहरु स्थापना भएका हुन ।
जिल्लाका बारेकोट गाउँपालिका – २ लिम्सा ,कुशे गाउँपालिका – ६ थर्पु भार्मा, छेडागाड नगरपालिका –३ चुवा र जुनीचादे गाउँपालिका – ११ मेसु मा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएका हुन ।
स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको आयुर्वेद शाखा प्रमुख प्रभात सुवेदीले आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथी लगाएतका चिकित्सा प्रर्णालीलाई एकीकृत रुपमा विकास र बिस्तार गर्न आरेग्यकेन्द्र स्थापना गरिएको बताउनु भयो । नेपाल सरकारले स्वास्थ्य नीति–२०७६ अनुसार स्थापना गरिएको सुवेदीको भनाई रहेको छ ।
आरोग्य केन्द्रमा नियमित रूपमा बिरामी जांच ,औषधि बितरण ,पन्चकर्म ,पुर्बकर्म,योग ध्यान ,विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम हरु आरोग्य केन्द्र बाट सन्चालान हुने छन् ।
आरोग्य केन्द्र सन्चालन का लागि आबश्यक पर्ने जनशक्ति र औषधीको ब्यबस्थापन आयुर्वेद शाखा बाट भएको हो । आयुर्वेद उपचार को सेवा नपुगेका जिल्लाका विभिन्न पालिका र बस्ती हरुमा नागरिक आरोग्य सेवा केन्द्र मार्फत सेवा बिस्तार गर्ने उदेश्य ले एक पालिका एक आयुर्वेद संस्था को नीति अनुरुप संघीय सरकार ले संस्था स्थापनाका लागि बजेट बिनियोजन गरेको हो ।
अस्पताल विकास समितिकी अध्यक्ष धर्मशिला बस्नेतले जिल्ला सदरमुकाम खलंगामा रहेको ५० शैयाको जिल्ला अस्पताल, आयुर्वेद अस्पताल र जनस्वाथ्य कार्यालय संघीयता कार्यान्वयन पश्चात प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगत रहनेगरी स्वास्थ्य सेवा कार्यालय वाट सेवा प्रवाह गरिरहेको बताउनु भयो ।
यस अघि भेरी नगरपालिकाको खलङ्गामा, नलगाड नगरपालिकाको दल्लीमा, शिवालय गाउँपालिकाको जुगाथापाचौरमा, छेडागाड नगरपालिकाको कार्कीगाउँमा रहेका आयुर्वेदका शाखाहरुले स्वास्थ्य सेवा दिदै आएको अध्यक्ष बस्नेतले जानकारी दिइनु भयो ।
जुनिचादेगाउँपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्यले आरोग्य सेवा केन्द्रले सुत्केरी आमा, नवजात शिशु, जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा लिन र दिन कोशे ढुङ्गा सावित हुने बिश्वास व्यक्त गर्नु भयो ।