राजेन्द्र कार्की । जाजरकोट
बलात्कार पछि हत्या गरिएकी बैतडीकी किशोरी भगिरथी भट्टको न्यायको लागि जाजरकोटका विद्यार्थीहरु प्रर्दशनमा उत्रिएका छन् । घटनाको सत्यतथ्य छानवीन गरि दोषीलाई कारवाहीका लागि दवाव दिन आयोजित दवाव र्यालीमा स्कुले विद्यार्थी स्वस्फुर्त सहभागी भएका छन् । विद्यार्थीहरुले न्यायको माग गदै प्रर्दशन गरे ।
यो देशमा छोरीहरुको लागि सरकार र कानुन छ कि छैन ? के यो देशमा स्वतन्त्रतापुर्वक छोरीहरुले वाँच्न पाउदैनन ? वलत्कारी र हत्याराहरु कहिले सम्म जोगाइने हुन ? त्रिभुवन माविमा १० कक्षामा अध्ययनरत छात्रा शारदा खड्काले प्रश्न गदै भनिन ‘बलत्कारी र हत्यारालाई कारवाही हुँदैन ? ।’ बुधवार जाजरकोट सदरमुकाम खलंगामा आयोजित विरोध र्यालीमा सहभागी शारदाले वैतडीमा माघ २१ गते वलत्कारपछि विभत्स रुपले हत्या गरिएकी भागिरथी भट्टको लागि न्याय माग्दै उक्त प्रश्न गरेकी हुन । उनी मात्र होइन जाजरकोटका सयौ विद्यार्थी हातमा प्ले कार्ड बोकेर न्यायका लागि बुधवार सडकमा उत्रेका छन् । सधै किताव र कापी बोकेर पढाईकै चिन्ता गर्ने विद्याथीहरु भगिरथीको न्यायका लागि स्कुले पोषाकमै नाराजुलुसमा उत्रिएका छन् । पहिलो कुरा सुरक्षा हो त्यसपछि मात्र पढाईको कुरा हुन्छ । निर्मला पन्त र भगिरथी भट्टहरु दिन दाहाडै बलत्कृत गरेर हत्या गरिन्छ । हत्यारालाई कारवाही गरिदैन । हाम्रो देशमा कानुन छैन । के छोरीले निर्भय पुर्वक बाँच्ने अधिकार छैन त्रिभुवन माविकी अर्की छात्रा एलिसा परियारले भनिन ‘यदि यो मुलकमा सरकार छ र कानुनी राज्य छ भने हत्यारालाई तत्काल कारवाही गरियोस ।’
जाजरकोटका वालिकाहरु, युवाहरु र नागरिकहरुको सहभागितामा परिवर्तनका लागि युवा अभियान द्धारा आयोजित विरोध प्रर्दशनमा बलत्कारीलाई कारवाही गर, भगिरथीलाई न्याय दे , भष्टाचारीलाई फाँसी दे लगायतका नारा सहित न्यायको माग गदै विद्यार्थीहरु सडक प्रर्दशनमा उत्रिएका हुन् । विद्यार्थीले नारा जुलुस सहित बजार परिक्रमा गरेका थिए । प्रर्दशन पछिको कोण सभालाई परिवर्तनका लागि युवा अभियान जाजरकोटकी संयोजक विजया खत्रीले महिला राष्टपति भएको देशमा छोरीहरुको वाँच्न पाउने स्वतन्त्रता खुलेआम खोसिदा पनि राज्य चुप हुनु दुर्भाग्य भएको वताइन् । पटक पटक वालिकाहरुको नृशंस तरीकाले वलात्कार र हत्या हुदा पनि यो देशमा सरकार छ कि छैन कानुन छ कि छैन भनेर जनताहरु वेखवर हुन पुगेको विजयाको आक्रोस थियो ।
सोहि सभामा वोल्दै नागरिक अगुवा राजेन्द्रविक्रम शाहले निर्मला पन्त र भागीरथी भटटको वलत्कार र हत्याको घटनाले गणतन्त्रलाइ नै गिज्याइरहेको वताए । वलत्कारपछि विभत्स हत्याका घटनाहरु वढिरहेको भएपनि राज्य र कानुनले निरिहता प्रकट गर्नु जनताले शान्ति र लोकतन्त्रका लागि गरेको वलिदानको नै उपहास भएको अगुवा शाहले वताए ।
यस्तै कार्यक्रममा परिवर्तनका लागि युवा अभियानका अगुवा अनिशकुमार कार्कीले पटक पटक वालिकाहरुको वलत्कार र हत्या हुदा पनि सरकार र राज्यको ध्यान गम्भीर नहुनु हाम्रो दुर्भाग्य भएको वताए । उनले अपराधी र वलत्कारीहरुलाइ पहुच र शक्तिको भरमा वचाउने गरिएकाले देशमा छोरीहरुको न्याय र स्वतन्त्रता संकटमा परेको वताए ।
गत माघ २१ गते वलत्कार पछि विभत्स हत्या गरिएकी वैतडीकी १७ वर्षिया वालिका भागीरथी भटटका हत्याराहरुलाइ फाँसीको सजाया हुनु पर्ने भन्दै जाजरकोटका वालिकाहरु,
युवाहरु र सर्वसाधारणहरुले माग गरेका छन् । घटना भएको हप्ता दिन सम्म पनि वलत्कारी तथा हत्याराहरुलाइ प्रकाउ गर्न नसकेको प्रति कडा आक्रोस पोख्दै उनीहरुले वुद्ध र सगरमाथाको भुमिमा पनि छोरीहरुले स्वतन्त्रतापुर्वक हिड्न नपाएको गुनासो गरे ।
आक्रोसित नारा लगाउदै वालवालिका, युवा र अन्य सर्वसाधारणले वलत्कारीलाइ फासी दिनु पर्ने माग गरे । उनीहरुले भागिरथी भटटलाइ न्याय दिन र देशमा सरकार भएको कानुन भएको र राज्य भएको अनुभुति दिलाउन सरकार संग माग गरे ।