अदालतले दोसी ठहर गरेका अभियुक्त १९ बर्ष पछि पक्राउ

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जिल्ला अदालत जाजरकोटले दोषी ठहर गरेका नलगाड नगरपालिका–३ का बहादुर थापा १९ बर्षपछि पक्राऊ भएका छन् । जिल्ला अदालतले फैसला गरेको १९ बर्षपछि थापालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएर गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले ५० बर्षिय थापालाई पक्राउ गरी आईतबार जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले जानकारी दिएका छन् ।

जिल्ला अदालत जाजरकोटले १८ असार २०५८ को फैसलाले पुरातात्विक बस्तु ओसार–पसार मुद्धामा प्रतिवादी थापालाई एक बर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो । दोषी थापा हालसम्म फरार थिए । जिल्ला अदालतले गरेको निर्देशन अनुसार थापालाई कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad