March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्री ओलीको ‘अवसंवैधानिक’ कदम विरुद्ध जाजरकोटका महिला संगठित हुँदै

प्रवाह संवाददाता । जाजरकोट

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधी सभा विघटन गर्ने असंवैधानिक कदम विरुद्ध प्रचण्ड– माधव निकट नेकपाका महिलाहरु संगठित हुन हुँदै आन्दोलनमा उत्रिन थालेका छन् । कर्णाली प्रदेश सभा सदस्य कृष्णा शाहको नेतृत्वमा एक हजार एक सदस्यीय संघर्ष समिति गठन गरेर प्रतिगमन विरुद्धको आन्दोलनमा होमिएका जाजरकोटका महिलाहरु गाँउ गाँउमा संगठित हुन थालेका छन् ।

 

आईतवार जिल्ला संयोजक शाहकै समुपस्थितिमा बारेकोट गाँउपालिकामा सिर्जना बस्नेतको संयोजकत्वमा एक सय ६० सदस्यीय संघर्ष समिति गठन गरिएको छ । करीव दुई सय महिलाको उपस्थितिमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको प्रावधान विपरीत कु गरेको हुँदा संघर्षमा उत्रिनु परेको संयोजक शाहको भनाई छ ।

 

पुर्व सभासद रीता रावल, नलगाड नगरपालिकाकी प्रवक्ता राममाया हमाल, बारेकोट गाँउपालिकाकी उपाध्यक्ष ओमा शाही लगायतका महिला नेतृहरुले असंवैधानिक कदमका विरुद्ध एकजुट हुन सवै अगुवा महिलाहरुलाई निर्देशन दिएका छन् । महिलाहरुले र्याली सहित बजार वर्तमान सरकारको असंवैधानिक कदम विरुद्ध नारावाजी गदै विरोध प्रर्दशन गरेका थिए । बारेकोट गाँउपालिका स्तरीय संघर्ष समितिको सचिवालय ९ सदस्यीय रहेको छ भने वडा परिचालन कमिटीमा चार जनाका दरले राखिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad