प्रवाह संवाददाता । जाजरकोट
नेपाली काँग्रेस निकट सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको जाजरकोट संयोजकमा भेरी नगरपालिका ३ निवासी जनक केसीलाई मनोनयन गरिएको छ ।
संस्थाको विधान अनुसार जिल्लामा संरचना विस्तार गर्न गत साउन ९ गतेको निर्णयबाट केसीले अध्ययन केन्द्रको जिल्ला संयोजकको जिम्मेवारी पाएका हुन् । केसी नेपाल प्रेस युनियय र नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष हुन् । त्रिभुवन मावि खलंगामा अध्यापनरत केसी विगत लामो समय देखि पत्रकारीता र सामाजिक कार्यमा सक्रिय छन् ।
सामाजिक लोकतन्त्रका मुल आधारहरु स्वतन्त्रता, समानता, विभेद न्युनिकरण र आर्थिक सामाजिक न्याय स्थापनार्थ लोकतान्त्रिक समाजबादको सम्बद्र्धन र प्रवद्र्धन गदै आम जनताको जीवनस्तरमा उल्लेख्य बृद्धि र समग्र विकासको चाहना पुरा गर्न सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको २०७१ सालमा स्थापना गरिएको अध्यक्ष डा. कमल रिजालले बताए ।
केही समय अघि जाजरकोटकै इलमबहादुर शाहीले अध्ययन केन्द्रको कर्णाली प्रदेश संयोजकको जिम्मेवारी पाएका छन् ।