च्याउ खाएर विरामी भएका थप एक जनाको मृत्यु

राजेन्द्र कार्की
जाजरकोट १६, साउन
च्याउको तरकारी खाएर गंभिर विरामी भएर प्रदेश अस्पताल सुर्खेतमा उपचार गराईरहेका जाजरकोटको कुशे गाउँपालिका १, स्याँक्रीका थप एक जनाको मृत्यु भएको छ । २३ बर्षिय ललित चलाउनेको शुक्रवार विहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । च्याउ खाएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मृत्यु हुनेहरु सवै एकै घरका हुन् ।

गत साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउने सहित परिवारका ८ जना विरामी परेका थिए । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ बर्षिया छोरी औसरा, १३ बर्षिया छोरी धनसरा र ११ बर्षिय नातिनी निरुता सिंहको उपचारको क्रममा केही दिन अघि मृत्यु भएको थियो । चलाउनेकी ३ बर्षीया छोरी अञ्जनाको ११ साउनमा गाँउमै मृत्यु भएको थियो । घरमुली ५० बर्षीय टेकबहादुर चलाउने, ३० बर्षीय बुहारी कल्पना चलाउने, १५ बर्षिया छोरी पशुपति चलाउनेको प्रदेश अस्पतालमै उपचार भैरहेको वडाध्यक्ष गोपाल नेपालीले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya