जिल्लाका विभिन्न सरोकारका विषयमा स्थानिय प्रशासनको ध्यानाकर्षण

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट स्थित नागरिक समाजका तर्फबाट जिल्लाका विभिन्न चार सरोकारका विषयमा स्थानिय प्रशासनको ध्यानाकर्षण गराईएको छ । विभिन्न नागरिक संगठनका तर्फबाट प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई विहिवार ध्यानाकर्षण पत्र बुझाईएको हो ।

 

जाजरकोट खलंगाबाट जिल्ला भित्र र जिल्ला बाहिर यातायातका साधनमा लागू भएको भाडादरमा सरकारी निर्णयलाई लत्याउँदै जथाभावी भाडा तिर्नु परेकोले तत्काल नियमानुसारको भाडा लिने ब्यवस्था गर्नु पर्ने, दैनिक उपभोग्य बस्तुहरुको मुल्य पनि अस्वभाविक रुपमा बृद्धि भएकाले नियन्त्रण र नियमन गर्नु पर्ने माग गरिएको छ । त्यस्तै खलंगा बजार क्षेत्रका कतिपय सडक छेउछाउका संरचना बर्षाका कारण जोखिमपुर्ण बन्दै गएकाले सम्भावित विपदको अवस्था दृष्टिगत गरि सडक मर्मत सुधार र हेभी मालबाहक सवारी आवागमनमा केही समयका लागि प्रतिबन्ध लगाउनु पर्ने, कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले सचेतता अपनाउन र पिसिआर परिक्षणको दायरा बढाउन माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ पन्तले नागरिक सरोकारका महत्वपुर्ण विषयमा ध्यानाकर्षण भएको बताउँदै सवैको सहयोगले जिल्लामा देखिएका विकृति विसंगति हटाउन पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । ध्यानाकर्षण पत्रमा नागरिक समाजका अगुवाहरु केशवजंग शाह र राजेन्द्र विक्रम शाह, एमनेष्टि इन्टरनेशनलका राजेन्द्र कार्की, नेपाल मानव अधिकार संगठनका शत्रुघन भडेल, गैरसरकारी संस्था महासंघका सहदेव बस्नेत, असल शासन क्लब जिल्ला समन्वय समितिका बालकुमार शर्माले हस्ताक्षर गरेका छन् । सबै संगठनका तर्फबाट नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले ध्यानाकर्षण पत्र बाचन गरेर प्रजिअ पन्तलाई बुझाएका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad