April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

विस्थापित भएको १४ दिन सम्म पनि पहिरो पिडितले पाएनन राहत

१२०२ परिवार विस्थापित

राजेन्द्र कार्की । जाजरकोट

राम्रो सँग स्याहार नपाउँदा लामो समय देखि दिर्घरोगले थलिएका बारेकोट ४ सार्कीटोलका ६५ बर्षिय दलवीर सार्की बुधवार मृत्यु भयो । पहिरोले घर बगाएपछि विस्थापित भएर स्थानिय एक विद्यालयमा बसेका सार्कीको विद्यालयमै मृत्यु भएको हो ।

दम रोगले पिडित सार्कीले हप्ता दिन देखि राम्रो सँग खान पाएका थिएनन् । विद्यालयको चिसो भुँईमा सुत्दा उनको रोग थप बल्झिएको थियो । आथिक अभावका कारण उनी उपचारका लागि सुविधा सम्पन्न अस्पताल पनि जान सकेका थिएनन् । उचित स्याहार नपाएको, पेटभरी खान नपाएको र विद्यालयको चिसो भुँइमा बसेका कारण सार्कीको ज्यान गएको वडा सचिव डम्बर बहादुर पुनले बताए । उनी मात्र होइन धेरै विस्थापित परिवार भोकभोकै बस्न बाध्य छन् । कतिपयले आधा पेट खाएर गुजरा चलाउने गरेका छन उनले भने ‘ठुलो संख्यामा एकै पटक मानिसहरु विस्थापित हुँदा स्थायिय सरकारलाई ब्यवस्थापनमा समस्या परिरहेको छ ।’

बारेकोट गाँउपालिकाका अनुसार गत २५ असारमा बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ । बारेकोटका विभिन्न वडामा गएको पहिरोमा परि अझै तीन जना बेपत्ता छन् । बाढीपहिरोको कारण एक हजार ५५ परिवारका ६ हजार पाँच सय सात जना विस्थापित भएका छन् । ५४ घर भत्किएको, चार सय ७७ घर उच्च जोखिममा रहेका छन् । विभिन्न संरचना सहित करीव ३५ करोड क्षति भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । बारेकोट गाँउपालिकाका विभिन्न वडामा पटक पटक आएको बाढी पहिरोले ठुलो धनजनको क्षति हुँदा विस्थापित परिवारलाई गाँस र बासको ब्यवस्था गर्न निकै कठिनाई भएको अध्यक्ष शाहको भनाई छ । मानिसहरु भोकभोकै छ । राहत दिन सकिरहेका छैनौ । गाँउपालिकामा खाद्यन्नको स्टक सकिदा राहत वितरण गर्न गाह्रो भएको उनको भनाई छ ।

बारेकोट ४ सार्कीटोलका करे सार्कीले आधा पेट खान थालेको हप्ता दिन भैसकक्यो । उनले घर छोडेको १४ दिन भैसक्यो । शुरुका दिनमा पैचो मागेर खाएपनि त्यसपछि हामी निकै समस्यामा छौ उनले भने भएको केही चामल र पिठो सवै घर सँगै पहिरोले बगायो । अव के खाएर बाँच्ने हो ? राहत पाउला भन्ने आसमा थियौ तर अहिले सम्म राहत पाईएन उनले गुनासो सुनाउँदै भने ‘हाम्रो पिडा सुनिदिने कोही भएन ।’
पहिरो प्रभावित बारेकोटमा खाद्य संकट परेको छ । बारेकोटका बाढी पहिरो प्रभावित भोकभोकै पर्न थालेका छन् । खानेकुरा नभएपछि विस्थापित परिवार समस्यामा परेका छन् । घरमा भएको अन्न सकिएपछि आफुहरु निकै समस्यामा परेको सार्कीले बताए ।

 

बाढी पहिरोको त्रासले एक हजार ५५ परिवार परिवारहरु विस्थापित भएर स्थानिय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् । तर धेरै परिवार सँग खाने अन्न छैन । बारेकोटमा किनेर खाने खाद्यन्न पनि पाईदैन । किन्ने खाद्य पनि नपाईएपछि विस्थापितहरु भोकभोकै पर्न थालेको नेपाल रेडक्रस बारेकोट उपशाखाका सभापति चन्द्र खड्काले बताए । बारेकोट गाँउपालिकामा उत्पादित अन्नले बर्षदिनमा ५÷६ महिना मात्र खान पुग्छ । यातायातको असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्र खाद्य पसल छैनन् । मानिसहरु खाद्य संस्थानको चामलमै भर पर्ने गरेका छन् तर खाद्य डिपो महिना दिन देखि रित्तै हुँदा समस्या भएको हो ।

खाद्य डिपो यतिवेला रित्तै छ । ‘गाँउमा खाद्यन्नको अभाव छ । ठेकेदारले चामल ढुवानी गदैनन् । गाँउमा उत्पादन भएको अन्न सकियो । पसल छैनन् । डिपो रित्तै छ, के किनेर खाने ?’ विस्थापित स्थानिय वीरबहादुर नेपाली भने—‘ खाने अन्न नहुँदा धेरै मानिसहरु भोकभोकै बस्न विवस छन् । कपिपयले आधा पेट खाएर गुजरा चलाईरहेका छन् ।’ विस्थापित परिवारहरु विपन्न बर्गका छन् । लकडाउनकै कारण धेरै मानिसहरु गाँउ फर्किएका छन् । रोजगारीका अवसर छैनन् । त्यही माथि पहिरोले बारेकोटका विभिन्न गाँउ तथा बस्तीहरु छियाछिया परेका छन् । मानिसहरु कामको खोजीमा बाहिर निस्कन सकिरहेका छैनन् । बर्षात रोकिएको छैन । विस्थापित सवै परिवार राहतकै पर्खाईमा छन् तर अहिले सम्म कतैबाट सहयोग भएका छैनन् ।

 

बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउका मानिस विस्थापित भएर स्थानिय विद्यालयमा बसिरहेका छन् । पानी चुहिने विद्यालयमा न खाने अन्न छ न सरसफाई नै । धेरै मानिसहरु खुल्ला दिसापिसाव गर्ने गरेका छन् । पहिरोले खानेपानी बगाईदिएको छ । जसका कारण विस्थापितहरु दुषित पानी खान बाध्य छन् गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिंहले बताए । ‘विस्थापित परिवार सँग खाने अन्न छैन । खाद्य डिपो रित्तै छ । गहँ मकै, कोदो पिस्ने घट्ट बाढीले बगाईदिएको छ । किनेर खाने बजार छैन । नयाँ बाली पाकेको छैन । बाटोघाटो अवरुद्ध छ । यतिवेला बारेकोटी जनता निकै समस्यामा छन्’ उनले भने ‘बारेकोटमा परेको विपत्ती हामी एक्लैले समाधान गर्ने सामथ्र्य छैन ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad