प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटमा कोरोना महामारीको समयमा किशोर किशोरीमैत्री सेवाको निरन्तरता तथा बर्गिकृत तथ्यांक सम्बन्धि स्वाथ्यकर्मिलाई एक दिने अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।
भेरी नगरपालिका र सेभ द चिल्डे«नसंगको समन्वयमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले खलंगामा उक्त अभिमुखकरण आयोजना गरेको हो ।
भेरी नगरपालिका अन्र्तगतका स्वास्थ्य चौकी जगतिपुर, बाहुनथाना, कुदु, भुर र पुन्माका कार्यालय प्रमुखहरु र उक्त स्वास्थ्य संस्थाका थप किशोर किशोरीहरुका लागि प्रजजन स्वास्थ्यको तालिम प्राप्त स्वास्थ्यकर्मिका लागि उक्त कार्यक्रम संंचालन गरिएको हो । नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजना लागु भएको छेडागाड नगरपालिकामा यस अगाडि नै उक्त अभिमुखिकरण कार्यक्रम संचालन गरिसकिएको थियो ।
बिश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण किशोर किशोरीमा पर्न गएको मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न र उनीहरुका लागि सहज रुपमा सेवा लिने बाताबरण निर्माणका लागि अभिमुखिकरण कार्यक्रम स्वास्थ्य सेवा कार्यालय जाजरकोटका डा. भुपेन्द मल्लले सहजिकरण गरेका थिए । कार्यक्रमको उद्घाटन समारोहमा भेरी नगरपालिकाका उपमेयर भावना भण्डारीले यस अभिमुखिकरण कार्यक्रममा सिकेका कुरा आफ्नो कार्यक्षेत्रमा लागु गरेमा त्यहाका किशोर किशोरीका लागि फलदायी हुने बताइन । भेरी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष खंम्बजंग शाहले पुर्बाधार निर्माणले भन्दा राष्ट निर्माणका लागि आबश्यक युवा जनशक्तिका लागि उचित बातावरण निर्माण गर्न सके प्रभाबकारी हुने भएको बताए ।
कोरोनाका कारण किशोर किशोरी फुर्सदमा रहेको र महामारीका त्रासका कारण स्वास्थ्य संस्थासम्म पुग्न सक्ने र सहज रुपमा आफ्ना समस्या प्रस्तुत गर्न नसक्ने अबस्थामा यस अभिमुखिकरणको महत्व रहेको कार्यक्रमका सहभागि भुर स्वास्थ्य चौकिका कार्यालय प्रमुख लाल बहादुर खड्काले बताए ।
बर्तमान अबस्थामा किशोर किशोरीको मानसिक स्वास्थ्य सम्बोधन तथा मनोपरामर्स,किशोर किशोरीहरुको लागि यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे स्वास्थ्य संस्थामा प्रयोग हुने रजिस्टर प्रयोग बिधी,किशोर किशोरीको प्रजनन स्वास्थ्य सेवा प्रयोगको अबस्था र नेपालमा किशोर किशोरीको बर्तमान अबस्था तथा कोभिड १९ महामारीका प्रभाबमा केन्द्रित रहेर अभिमुखिकरण कार्यक्रम संचालन गरेको नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजनाका परियोजना संयोजक अस्मिता राजभण्डारीले बताईन ।
पाँचतारा यृवा संरक्षक मञ्च,जाजरकोटले कोरोना महामारीका अबधिमा स्वास्थ्य सामग्रि सहयोग तथा नेपाल सरकारको केन्द्रिय बिपद ब्यबस्थापन कोषमा एक लाख ७६ हजार रुपैया सहयोग गरेको थियो । परियोजना अन्र्तगतका सेसन संचालनमा समस्या भएपछि हाल रेडियो जाजरकोट र रेडियो सानोभेरी रुकुमबाट प्रत्येक हप्ता सेसन संचालन र टोेल फ्रि नं को सहायताबाट कार्यक्रमका सहभागिबाट जिज्ञासा लिने र रेडियो बाट नै समाधान गर्ने गरेको छ । र महिला स्वास्थ्य स्वयमसेबिका परिचालन गरेर समेत कोरोना महामारीका समयमा अबरुद्ध घरभेट लगायतका कार्य संचालन गर्ने गरेको संयोजक राजभण्डारीको भनाइ छ ।