April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

बारेकोट पहिरो ः पहिरोमा थप एकको शव फेला मृतकको संख्या ११ पुग्यो

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा विहिवार राती गएको पहिरोमा परि बेपत्ता थप एक जनाको शब फेला परेको छ । पहिरोमा हराईरहेकी मृतक गोपाल सार्कीकी १३ बर्षिय छोरी लक्ष्मी सार्की शव भेटिएसँगै मृतकको संख्या ११ पुगेको छ । पहिरोले दुई घर बगाउँदा पाहुन आएका सहित १२ जना बेपत्ता भएका थिए । पहिरोमा परि बेपत्ता ११ बर्षिय कमला सार्कीको शव आइतवार विहान उद्धार टोलीले भेटेको थियो । कमला घटनामा परि मृत्यु भएकी कलु सार्कीकी छोरी हुन ।

३८ बर्षिया कलु सार्की, उनकी १३ बर्षिय तिर्सा सार्की र उनका ६ बर्षिया छोरा सुभास सार्कीको मृत्यु भएको छ । घटनामा परि पाहुना आएका कुशे ९ चौराटाका १४ बर्षिय गौरी सार्की, १६ बर्षिय कविता सार्की, २० बर्षिया डिल्ली सार्की तथा १८ बर्षका विरेन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । उनीहरु दिदिको घरमा पाहुन आएका थिए । पहिरोमा परि बारेकोट ४ का ५२ बषिय गोपाल सार्की र उनका ११ बर्षका छोरा अर्जुन सार्कीको मृत्यु भएको छ ।

गोपालकी श्रीमति ५० बर्षिया पुष्पा सार्की पहिरोमा बेपत्ता छन् । त्यस्तै बारेकोट ६ धुमाका २० बर्षिय शान्तबहादुर चलाउने र १० बर्षिय प्रचण्ड चलाउने धुमा खोलाले बगाउँदा बेपत्ता छन् । भिरबाट लडेर खोलामा परेका जुनीचाँदे ११ का डिल्लीबहादुर चनारा पनि सानाखोलामा बेपत्ता छन् ।

यसैवीच, बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, साँसद सत्या पहाडी, साँसदहरु भैरवसुन्दर श्रेष्ठ र मायाप्रसाद शर्मा सहितको टोेली त्रिपाल र खाद्यान्न लगायतका राहत सामग्री लिएर आइतवार दिउसो हेलिकोप्टरबाट बारेकोट पुगेको थियो । तर खराब मौसमका कारण हेलिकोप्टर बस्न र राहत सामग्री खसाल्न तय गरिएको स्थानमा बस्न नसकेको प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिहले बताए । उनले गोठगाँउ, सिनाचौर, लिम्सा र जिरीमा हेलिकोप्टर बस्ने भनिएपनि बस्न नसकेर लिम्सा खोला किनार र ठकुरी जिरीमा बसेर राहत सामग्री छोडेर गएको बताए । त्यहाँबाट राहत सामग्री विस्थापित सम्म पुरयाउन पैदलै ५÷६ घण्टा लाग्न सक्ने अवस्था छ । खोलानाला बढीरहेका छन् । बाटोघाटो विच्छेद छ ति सामग्री कसरी पिडित सम्म पुरयाउने समस्या भएको उनले बताए । त्यो राहत सामग्री त्यति धेरै विस्थापितका लागी हात्तीको मुखमा जिरा हुने स्थानियकोे गुनासो छ । विस्थापित परिवारलाई गास बास र कपासको आवश्यकता खड्किएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad