बारेकोट पहिरो ःसातको शव फेला, सात बेपत्ता

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका विभिन्न स्थानमा गएको पहिरोमा परि सात जनाको मृत्यु भएको छ । छुटाछुटै घटनामा सात जना बेपत्ता भएका छन् । बारेकोट ४ जिरी सार्कीटोलमा गएराती पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्य सात जनाको शव फेला परेको छ । पहिरोमा परि ५२ बषिय गोपाल सार्की र उनका ११ बर्षका छोरा अर्जुन सार्कीको शब फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै कलु सार्की (दिदि) को घरमा पाहुना आएका कुशे ९ चौताराका २० बर्षिया डिल्ली सार्की र १८ बर्षका विरेन्द्र सार्की को शव फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए । त्यस्तै कलु सार्कीकी १४ बर्षिय तिर्सा सार्कीको पनि शव फेला परेको छ । दुई जना महिलाको शवको पहिचान खुल्न नसकेको उनले बताए । पहिरोमा बेपत्ता अन्य सात जनाको खोजी भैरहेको डिएस्पी श्रेष्ठले बताए ।

पहिरोले बारेकोट ४ सार्कीगाँउका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा भएको घटनामा पाहुना आएका दुई सहित पाँच जना अझै बेपत्ता छन् । त्यस्तै बारेकोट ६ धुमाका २० बर्षिय शान्तबहादुर चलाउने र १० बर्षिय प्रचण्ड चलाउने बाढीमा बेपत्ता छन् । रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानियले बाढीबाट उद्धार गरेका छन् । रामचन्द्र गंभिर घाइते भएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिहले बताए ।

प्रहरी नायव उपरिक्षक किशोर श्रेष्ठले घटनास्थलमा टेलिफोनले नलाग्ने र प्रहरी सञ्चार सेटले समेत काम नगर्दा सुचना संकलनमा समस्या भएको उनले बताए । त्यस्तै बारेकोट ४ का लालबहादुर नेपाली पहिरोमा परि गंभिर घाइते भएका छन् । पहिरोले घर भत्काएको र भाग्ने क्रममा उनी घाइते भएका हुन् । उनको उद्धारका लागी हेलिकोप्टर मगाईएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । गएराती परेको अविरल बर्षातले बारेकोटका विभिन्न बस्ती जोखिममा परेको अध्यक्ष शाहले बताए । पानी परिरहेकोले उद्धारमा कठिनाई भएको उनको भनाई छ । घटनास्थल सदरमुकाम खलंगा देखि दुई दिन पैदल दुरीमा २५ कोष उत्तर पुर्वमा पर्छ । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट ४ जिरी सार्कीटोलका ८ घर विस्थापित भएका छन् । उनीहरुलाई स्थानिय एक विद्यालयमा राखिएको अध्यक्ष महेन्द्र शाहले बताए । बारेकोट ५ तोल्खान, कालाखोली, भैलोखान, वडा नं ४ गोठगाँउ, जिरी, मैना लगायतका बस्ती पहिरोको उच्च जोखिममा रहेकाले स्थानिय विद्यालयमा बस्न आग्रह गरिएको उनले बताए । ति गाँउका करीव ६० घरधुरी पहिरोको जोखिममा परेको अध्यक्ष शाहले बताए । पानी परिरहेकोले स्थानिय त्रसित भएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad