स्थानियमा त्रास
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको बारेकोटमा एक ३४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बारेकोट ५ का ति पुरुष लामो समय देखि घरमै बसिरहेका थिए । भारत लगायत तेस्रो मुलुक नगएको र क्वारेन्टाइनमा पनि नबसेका उनमा कोरोना संक्रमण देखिएपछि समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ । स्थानियमा त्रास फैलिएको छ ।
त्यस्तैै छेडागाडमा कोरोना संक्रमण देखिएका दुई पुरुष पनि लामो समय देखि जिल्लामै रहेका थिए । क्वारेन्टाइनमा बसेकाको रिपोर्ट नेगेटिभ आउने तर समुदायमा रहेका परिक्षण गर्दा कोरोना पुष्टि हुनुले समुदाय स्तरमा फैलिसकेको डाक्टर भुपेन्द्रप्रकाश मल्लको भनाई छ । कोरोना समुदाय स्तरमा फैलिएको हुन सक्छ । यस्तो बेला लापरवाही गरियो र परिक्षणको दायरा बढाइएन भने खतरा हुन सक्छ । बारेकोट र छेडागाडमा कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा गएकाहरुको कन्ट्रयाक टे«सिङ्ग गरेर परिक्षण गर्नु पर्ने उनको भनाई छ ।
हालै भारतबाट आएका चार हजार मध्य करीव दुई हजारको परिक्षण गरिएकोमा ११ जनाको रिपोर्ट मात्र पोजेटिभ आएको छ । त्यस मध्य पनि चार जना जिल्लामै रहेको र तीन जना बाँकेको कोहलपुरबाट आएका थिए । कोहरपुरबाट आएका ति संक्रमित एक मस्जिद जाने गरेको खुलेको छ । एकै घरका तीन जनामा संक्रमण देखिएको थियो । कोरोना जितेर आइतवार मात्र अस्पतालबाट फर्किएका बारेकोटका एक प्रहरी अधिकृत पनि जिल्लामै रहेका थिए । बारेकोटमा दुई जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । त्यस्तै छेडागाडका एक बैक मेनेजर र वडाध्यक्षको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाईएको छ । उनीहरुको सम्पर्कमा को को आए अहिले सम्म कन्ट्रयाक टे«सिङ्ग नभएकोले स्थानिय त्रासमा छन् ।
गाँउमा आइसोलेशन नभएको, कोरोनाको पिसिआर परिक्षण गर्ने ठाँउ नभएको, सुर्खेत पठाउँदा हप्तौ समय लाग्ने , चेतनाको अभाव लगायतका कारण कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको स्वास्थ्यकर्मीको आशंका छ ।