कोरोना रोकथाम तथा नियन्त्रणका लागी पाँचताराका कर्मचारीको सहयोग

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

कोरोना रोकथाम तथा उपचारमा सहयोग पुर्याउन पाँचतारा युवा संरक्षक मन्चले एक लाख ७६ हजार रुपैया सहयोग गरेको छ ।

संस्थामा कार्यरत ८४ जना कर्मचारीबाट रकम संकलन गरेर केन्द्रिय विपद् ब्यवस्थापन कोषमा एक लाख २६ हजार र छेडागाड नगरपालिकामा ५० हजार रुपैया जम्मा गरेको पाँचतारा संरक्षक मञ्चका कार्यकारी निर्देशक छवि पन्तले बताए । संस्थाको कार्यक्षेत्र भएकोले छेडागाडको कोरोना रोकथाम, उपचार तथा क्वारेन्टाइन ब्यवस्थापनमा खर्च हुने गरी ५० हजार जम्मा गरिएको पन्तले बताए ।

कोरोना विरुद्धको लडाईमा पाँचतारा संरक्षक मञ्च र कार्यरत सवै कर्मचारी सँगसँगै रहेको भन्दै हाम्रो थोरै सहयोग पनि विपद्को बेला महत्वपुर्ण हुने उनले बताए । छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले पाँचतारा संरक्षण मञ्चको सहयोग प्रति धन्यवाद प्रकट गदै कोरोना महामारी विरुद्धको लडाइ सवै मिलेर परास्त गर्नु पर्ने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad