पिसिआर परिक्षणको रिपोर्ट आउन ढिलाई

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
कोरोना परीक्षणका लागी स्वाव संकलन गरेर सुर्खेत पठाएको एक साता विति सक्दा पनि पिसिआर रिपोर्ट आउन सकेको छैन । परीक्षणमा ढिलाई हुँदा रिपोर्ट आउन पनि ढिलाभएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोटको गत १३ जेठ यता चार सय पाँच जनाको स्वाब संकलन गरेर सुर्खेत पठाईएको भएपनि हाल सम्म रिपोर्ट आउन नसकेको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. सुनिल पुनले बताए । उनका अनुसार रिपोर्ट नआएपनि १४ दिन पुगेका कारण पाँचकाटिया स्थित एक क्वारेन्टाइनमा रहेका १४ जनालाई आरडिटी गरेर घर पठाईको छ । बाँकी समुदायका संकास्पद मानिसहरुको स्वाव संकलन गरि पठाईएको थियो ।

कर्णाली प्रदेशका १० जिल्ला मध्य केही जिल्लाको परीक्षण प्रादेशिक अस्पताल सुर्खेतमा र केही जिल्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्ने गरिएको छ । तर एकै पटक ठुलो संख्यामा मानिसहरु भारतबाट भित्रिएकाले परीक्षणमा चाप बढेको हो । एक दिनमा दुई तीन सयको मात्र परीक्षण हुँदा ढिलाई भएको डा. पुनले बताए । अन्य जिल्लाको परीक्षण भैरहेकोले जाजरकोटको पालो नआएको हुन सक्छ । स्वाव संकलन गरेर पठाएकाको रिपोर्ट आएपछि मात्र जिल्लामा कोरोना भए नभएको एकिन हुन्छ । भारतबाट आएका एक हजार चार सय ३४ जनालाई विभिन्न क्वारेन्टाइनमा राखिएको छ । तिनीहरुको मंगलवार देखि स्वाव संकलन थालिएको छ । सदरमुकाममा मंगलवार भारतवाट आएका एकसय १३ र ७ स्वास्थ्यकर्मीको स्वाव संकलन गरिएको छ । अन्यको क्रमश गदै लगिने डा. पुनको भनाई छ ।

कोरोना परीक्षणमा ढिलाई भएपछि मेसिन किनेर जाजरकोटमै परीक्षणको ब्यवस्था मिलाउनु पर्ने आवाज उठेको छ । सवै स्थानिय तह र स्वास्थ्य सेवा कार्यालयले पिसिआर मेसिन किनेर जिल्लामै परीक्षणको ब्यवस्था मिलाउनु पर्ने भेरी नगरपालिका ४ का बसन्त प्रसाद शर्माले बताए । यहि स्थिति रहे रिपोर्ट आउँदा सम्म मान्छेको ज्यान गैसक्छ स्थिति भयावह हुन्छ त्यही भएर बेलैमा सोचौ उनले भने ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad