April 20 - 2024, Saturday८ बैशाख २०८१, शनिबार

रुकुम घटना ः बेपत्ता गोविन्दको शव फेला

राजेन्द्र कार्की । जाजरकोट

गत १० जेठमा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका भेरी नगरपालिका ११ का १८ बर्षिय गोविन्द शाही मृत अवस्थामा फेला परेका छन् । शव घटनास्थल देखि करीव २० किलोमिटर तल जिल्लाको भेरी नगरपालिका १३ खोदाखोला नजिक भेरी नदीमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । स्थानियको सहयोगमा नदीबाट मंगलवार शव निकालिएको उनले बताए ।

लोकेन्द्रको शव नदीको विच भागमा आधा डुवेको अवस्थामा स्थानियले फेला पारेका हुन् । यो सँगै मृतकको संख्या ६ पुगेको छ । भेरी नगरपालिका ४ का नवराज विक, सन्जीव विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला परिसकेको थियो ।

केटी भगाउन भनेर जाजरकोटबाट गएका नवराज सहितका १९ जना युवा माथी सोतीका स्थानियले आक्रमण गरेका थिए । कथित तल्लो जातको भनिने दलितले ठकुरीकी छोरी लिन खोजेको भन्दै आक्रमण गरिएको हो । मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन नवराजले साथीहरु सहित जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो । घेराबन्दी गरेर आक्रमण गरेका गाँउलेहरुले कुटपिट गरि ६ जनालाई हत्या गरेर भेरीमा फालेको पिडित परिवारले बताउँदै आएका छन् ।

पिडित पक्षले वडाध्यक्ष डम्बर बहादुर मल्ल सहित २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ । दुई जना अझै फरार छन् । प्रहरीले वडाध्यक्ष मल्ल, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, शुष्मा मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर मल्ल, मानव मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगर लगायतका स्थानियलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीहरुलाई कर्तब्य ज्यान सम्बन्धी मुद्धा चलाउने तयारी गरेको छ ।सोतीका स्थानियले भागदौडको क्रममा नदीमा हाम फाल्दा नदीले बगाएको बताउँदै आएका छन् भने पिडित परिवारले हत्या गरेर भेरीमा फालेको जिकिर गदै आएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad