राजेन्द्र कार्की । जाजरकोट
पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा संलग्नलाई कडा कारवाहीको माग गदै जाजरकोटका युवाहरुले शनिवार सदरमुकाम खलंगामा प्रदर्शन गरेका छन् । हामीलाई न्याय चाहियो । हत्यारालाई हदै सम्मको कारवाही होस लगायतका प्ले कार्ड बोकेर युवाहरुले खवरदारी गरेका हुन् ।
स्थानीय सचेत युवाहरुले स्वतस्फुर्त रुपमा सदरमुकाको खलंगा स्थित ठाटीबजारमा जम्मा भएर हातमा प्लेकार्ड सहित नाराबाजी गर्दे गैरी खाली हुँदै बजार परिक्रमा गरेका हुन् । उनीहरुले घटनाका दोषिहरुको तत्काल छानविन गरी हदै सम्मको कार्वाही हुनु पर्ने , मृतकलाई शहिद घोषाणा गरिनु पर्ने , घाइतेकोहरुको उचित उपचार प्रवन्ध मिलाउनु पर्ने, बेपत्ताको खोजी तत्काल गर्नु पर्ने लगाएतका माग राखेका छन् । घटनालाई तोडमोड गरी अपराधी उम्काउने चलखेल हुन थालेको भन्दै आफुहरुले न्यायका लागी दवाव दिन प्रदर्शन गरेको स्थायन रणबहादुर कार्कीले बताए । जातिय विभेदकै कारण गराईएको यो घटना जघन्य र वर्वर छ । यसमा संलग्न जो कोही पनि छुट्नु हुदैन । घटनाको निश्पक्ष छानवीन हुनु पर्छ कार्कीले भने ‘न्याय नमरोस भनेर गरिएको खवरदारी हो । पिडित परिवारले न्याय नपाउँदा सम्म हामी निरन्तर खवरदारी गरिरहन्छौ । फेरी पनि यस्ता घटना नदोहरिन कानुन छ । राज्य छ भन्ने प्रत्याभुति दिलाउनु पर्छ ।’
घटनामा परि पाँच जनाको ज्यान गएको छ भने भेरी गरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन् । उनको खोजी भैरहेको छ । सरकार द्धारा गठित उच्च स्तरीय छानवीन समितिले रुकुम र जाजरकोटमा सरोकारवाला सँग आवश्यक सोधपुछ र सुचना लिने काम गरिरहेको संयोजक जितेन्द्र बस्नेतले बताए ।