राजेन्द्र कार्की । जाजरकोट
बेमौसमी झरीले जाजरकोटमा गहुँबालीमा क्षति पुरयाएको छ । भित्र्याउने अवस्थाको गहुँ बालीमा पानी परेपछि जिल्लाका धेरै किसानको गहुँ कुहिएको छ । कतै चिसोले गहुँ उम्रिएको छ । भने जिल्लाका केही स्थानमा असिनाले गहुँबालीमा क्षति पुरयाएको छ ।
बेमौसमी झरीले जाजरकोटमा भित्र्याउने अवस्थाको गहुँबालीमा ठुलो क्षति भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । किसानको ठुलो क्षति भएको भएको छ क्षतिको एकिन विवरण अझै आईनपुगेको कार्यालयले जनाएको छ ।
जिल्लाको भेरी नगरपालिकाका रिसाङ्ग, कालेगाँउ, स्याला, मटेला, इवर, डिंगा, तिमिले, पोखरा, राङ्गसी, पुन्मा, भुर, कुशेका ढिमे, दमदाला, खुर्पा, पैक, नलगाडका दल्ली, कैना, रोली, बगरा लगायतका ठाँउमा लगातारका बेमौसमी झरीले भित्र्याउने अवस्थाका गहुँ कुहिने अवस्था पुगेको किसानले बताएका छन् । काटेको गहुँ कुहिएर उम्रेको छ भने नकाटेको गहुँ पुरै कालो भएको छ भेरी नगरपालिका २ का किसान गणेशबहादुर रोकायले भने एक हप्ता सम्म आएको लगातारको बर्षाले गहुँबाली चौपट बनाईदियो । लगातारको बर्षातले गहुँ माड्नै पाईएन । बर्षदिन सम्म खाने गहुँ कुहिएपछि चिन्तित भएका उनले भने ‘गहुँ सवै कुहियो । केही गहुँ उम्रेको छ । केही पुरै कालो भएको छ । हाम्रो ठुलो नोक्सान भयो । के खाएर बाँच्ने हो ।’ गहुँ काटेर बारीमै रहेका गहुँ कुहिएका छन् भने त्रिपालले छोपेका गहुँ उम्रिएका छन् यसपालि लामो झरीले गर्दा गहुँबालीमा निकै नोक्सान गर्यो भेरी नगरपालिका ३ का किसान निमबहादुर खड्काले भने–‘झरीले ठुलो नोक्सान गरिदियो । गहुँबालीका साथै जौ, मसुरो, चना, तरकारी खेती लगायतमा लाखौको क्षति पुगेको छ । यसपाली फेरी खाद्यसंकट बढ्ने संभावना देखियो ।’ लगातारकोे झरीले तरकारी बारीमै कुहिएको किसानको गुनासो छ ।
कोराना महामारीका कारण विश्व नै लकडाउनमा छ । जाजरकोट हरेका बर्ष खाद्य संकट हुने जिल्ला हो । यस बर्ष गहुँबाली राम्रो भएपनि भित्र्याउने बेला लगातारको झरीले गर्दा उत्पादनमा ह्रास आउने भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीको भनाई छ । पानीले धेरै किसानको गहुँ नष्ट भएकोले यस बर्ष उत्पादनमा ह्रास आउँदा खाद्य संकट निम्तिने खतरा रहेको उनले बताए ।
असिनाले गुहँबाली सखाप
जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाँउपालिकाका विभिन्न स्थानमा हालै परेको असिनापानीले गहुँबाली सखाप पारिदिएको छ । नलगाड १ जुरेली, मैदे, पाली, कल्पत बारेकोटको काउली, सक्ला, छुचीपाल्ती, सुवाकोट लगायतका स्थानमा परेको असिनाले पाक्ने अवस्थाको गहुँ बारीमै झारी दिएको छ । गहुँ, जौ लगायतका बालीमा असिना परेपछि बर्षदिन भरी खाने अन्न भित्र्याउन नपाएको नलगाड १ का किसान लालबहादुर रानाले बताए । असिनाले ५० परिवारको गहुँखेती नष्ट गरि दिएपछि गाँउमा भोकमरीको खतरा बढेको उनले बताए ।