राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिका १ का विपन्न तथा असंगठित श्रमिकलाई कारितास नेपालले राहत सामग्री प्रदान गरेको छ । लामो लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई अष्ट्रेलियन एड, कारितास अष्ट्रेलिया र कारितास नेपालको आर्थिक सहयोगमा भेरी नगरपालिकाको समन्वयमा यार्सन जाजरकोटले राहत वितरण गरेको हो ।
कारितासको नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम अन्र्तगत भेरी नगरपालिका वडा नं १ भित्रका अति विपन्न तथा ज्याला मजदुरी गरी जीवननिर्वाह गर्ने ३७ घर परिवारका एक सय ७५ जनालाई राहत वितरण गरिएको यार्सन जाजरकोटका संयोजक सहदेव बस्नेतले बताए । लामोलकडाउनका कारण काममा निस्कन नपाउँदा दैनिक छाक टार्न समस्या परेका परिवारलाई सहयोग गरिएको संयोजक बस्नेतले बताए । उनका अनुसार प्रति परिवार दाल पाँच केजी, तेल २ लिटर, नुन एक पोका, सावुन २ पीस र चामल परिवार संख्या र उमेरगत आधारमा उपलव्ध गराइएको छ । चामलतर्फ २ वर्ष सम्मकालाइ २ केजी, १२ वर्ष सम्मकालाई ५केजी, सो भन्दामाथिकोलाई ८ केजी उपलव्ध गराइएको छ । कम्तिमा १५ दिनलाई पुग्ने खाद्य सामग्री प्रदान गरिएको हो । त्यसपछि नगरपालिकाले राहत प्रदान गर्नेछ । कारितास नेपालको तर्फबाट ७९ हजार सात सय ३२ रकम बरावरको खाद्य सामाग्रीहरु एक हजार दुई सय २९ केजी चामल, ८८ पोका नुन र दाल एक सय १० केजी उपलव्ध गराइएको छ भने साबुन र तेल नगरपालिकाले उपलव्ध गराएको छ ।
ज्याला मजदुरी गर्न नपाउँदा दैनिक छाक टार्न समस्या भएको बेला ढिलै भएपनि राहत पाउँदा खसी लागेको स्थानिय कृष्ण बहादुर दमाइले बताए । उनले लकडाउन पछि पहिलो पटक राहत पाएको बताए । अप्ठेरो परेको बेलामा पाएको सहयोग आफ्ना लागि महत्वपुर्ण भएको स्थानीय जानुका परियारको भनाई छ ।
कार्यक्रममा वडाअध्यक्ष दीपक रानाले लकडाउनका कारण ज्याला मजदुरी गुमाएर दैनिक जिवनयापनमा समस्याभएका परिवारलाई केही दिनका लागि छाक टार्न सघाउ पुरयाउने कारितास नेपाललाई धन्यवाद दिए ।
यसैवीच, भेरी नगरपालिकाका वडा नम्बर ५ र ६ का ३० विपन्न परिवारलाई राहत वितरण गरिएको छ । नगरपालिकाले वडा नम्बर ५ मा १७ र वडा नम्बर ६ मा १३ विपन्न परिवारलाई राहत वितरण गरेको हो । नगरपालिकाले पनि दाल, चामल, नुन र तेल राहत प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए । अन्य वडामा क्रमश वितरण गदै जान्छौ उनले भने–‘पहिलो चरणमा १५ दिनका लागी पुग्ने खाद्य सामग्री प्रदान गरेका छौ । आवश्यकता अनुसार थप राहत राहत वितरण गदै जान्छौ ।’