कोरोनाको आशंका गरिएका ६० बर्षका पुरुषको रिर्पोट ‘नेगेटिभ’

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

कोरोनाको जस्तै लक्ष्यण देखिएका जाजरकोटका एक ६० बर्षिय पुरुषको कोरोना परिक्षण नेगेटिभ देखिएको छ । होम क्वारेन्टाइनमा रहेका छेडागाड नगरपालिका–४ का एक ६० बर्षिय पुरुषलाई १०२ दशमलब ५ डिग्री तापक्रमको ज्वरो र खोकी लागेपछि जिल्ला अस्पतालबाट गएको टोलीले ‘द्रुत परिक्षण’ (¥यापिड टेष्ट) गर्दाे रिपोर्ट नेगेटिभ आएको हो । ज्वरो आएपछि कोरोनाको आशंकामा उनी र उनको घरपरिवार चिन्तामा परेको थियो ।

 

बाँकेको नेपालगञ्जमा रहेको एक होटलमा काम गर्दै आएकी उनकी छोरी गत चैत ९ गते घर फर्किएकी थिइन । उनको सबै परिवारलाई होम क्वारेन्टाइनमा बसेका थिए । ति पुरुष कतै नगएको भएपनि होम क्वारेन्टाइनमै ज्वरो आउने र खोकी लाग्ने सुरु भएपछि ¥यापिड टेष्ट गरिएको प्रमुख प्रशासकिय अधिकृत झलक केसीले बताए । उनको थप परिक्षणका लागी स्वाब संकलन गरेर सुर्खेत पठाइनेछ । तीन दिन देखी जाजरकोटका विभिन्न गाँउ गाँउमा कोरोनाको द्रुत परीक्षण थालिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad