जाजरकोटका १४ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटबाट स्वाब संकलन गरि परीक्षणका लागी सुर्खेत पठाइएका १४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सदरमुकाम स्थित त्रिभुवन माविको क्वारेन्टाईनमा बसेका र अन्य होम क्वारेन्टाईनमा बसेकाहरुबाट १४ जनाको कोरोना संक्रमण परीक्षण गर्न जाजरकोटबाट पहिलो पटक स्वाब संकलन गरी विहिवार सुर्खेत पठाइएको थियो । परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका महामारी फोकल ब्यक्ति तथा ल्याव टेक्निसियन कृष्ण बहादुर खत्रीले बताए ।

सुर्खेतबाट आएको स्वास्थ्यकर्मीको टोलीले भेरी नगरपालिकाको क्वारेन्टाइनमा बसेका २ जना, भारत तथा तेस्रो मुलुकबाट आएका १२ जनाको स्वाब संकलन गरेर लगेको थियो । विदेशबाट आएका तथा मिल्दोजुल्दो लक्षण देखिएकाहरूको स्वाब संकलन गरिएको थियो ।स्वाब संकलन गरिएका मध्ये २ जना मात्र क्वारेन्टाइनमा बसेका हुन् । जिल्लामा स्वाब संकलन गर्ने जनशक्ति र आवश्यक उपकरण नहुँदा सुर्खेतबाट आएको प्राविधिक टोली आफैले संकलन गरेर लगेको थियो ।

स्वाब संकलनका लागी प्रदेश अस्पताल सुर्खेतबाट आएका ल्याव टेक्निसियन भरत देवकोटा नेतृत्वले जाजरकोट अस्पतालका ल्याव टेक्निसियनहरुलाई संकास्पदको नुमना संकलन गर्ने तरीका समेत सिकाएर गएको छ । स्वाब संकलनका लागी आबश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) समेत छोडेर गएका छन् । हामी सँग २० ओटा भिटिएम छ । स्थानिय तह सँग समन्वय गरेर तत्काल थप संकास्पदको स्वाब संकलन गरी सुर्खेत पठाउँछौ जिल्ला अस्पतालका ल्याब टेक्निसियन तथा महामारी फोकल ब्यक्ति खत्रीले बताए । जिल्लामा भारत लगायतका तेस्रो मुलक र देशका विभिन्न शहरबाट लकडाउनको अवधीमा करीव पाँच हजार मानिसहरु जिल्लामा भित्रिएकोले स्वाब संकलन र परीक्षणको दायरा बढाउन जिल्लाबासीले माग गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad