March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

पुर्व साँसद शाहले दिए स्वास्थ्य संस्थालाइ सर्जिकल बेड

राजेन्द्र कार्की । जाजरकोट
पूर्वसांसद राजीवविक्रम शाहले जाजरकोटका स्थानीय तह मार्फत स्वास्थ्य संस्थालाई सर्जिकल बेड उपलब्ध गराएका छन् । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड—१९) लाई मध्यनजर गर्दै शाहले निजी खर्चमा जाजरकोटका सातवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाइ पाँच वटाका दरले ३५ सर्जिकल बेड उपलब्ध गराएका हुन् ।

सबै स्थानीय तहले उक्त बेड पालिकास्तरमा रहेको स्वास्थ्य संस्थामा आइसोलेसन वार्ड स्थापनाका लागि प्रयोग गर्नेछन् । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शाहले उपलब्ध गराएका बेड आइतवार जाजरकोटको छेडागाड नगरपालिका प्रमुख लालबहादुर महतारा र नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावललाई हस्तान्तरण गरिएको नेविसंघ जाजरकोटका अध्यक्ष ललित बस्नेतले बताए । बाँकी स्थानीय तहलाई सोमवार बेड हस्तान्तरण गरिने भएको छ ।
जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा बेडको अभाव भएको सुनेपछि आफुले सहयोग गरेको शाहले बताए । ‘मेरो सानो सहयोगले उपचारमा सहयोग पुग्नेछ । कोरोना विरुद्धको महाअभियानमा सवै एकजुट होऔ । सवैले लकडाउनको पालना गरौ’ उनले भने ‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔ । सवैले सहयोग गरौ । यस महाविपत्ति परास्त गर्न अत्तिएर होइन । सचेत बनौ ।’
सर्जिकल बेड उपलब्ध गराएर उपचारमा सहजता प्रदान गरेकोमा पुर्वसाँसद शाहलाई स्थानिय तहका प्रमुखहरुले धन्यवाद दिएका छन् । छेडागाड नगरपालिकाका प्रमुख महताराले पुर्वसाँसद शाहको परोपकारी कार्यको प्रशंसा गदै धन्यवाद दिए । त्यस्तै नलगाड नगरपालिका प्रमुख रावलले पनि स्वास्थ्य संस्थामा आवश्यक सर्जिकल वेड उपलब्ध गराएर सहयोग गरेकोमा शाहलाई धन्यवाद दिए ।

पूर्वसांसद शाहले स्थानीय तहलाई प्रदान गर्नका लागि स्ट्रेचरलगायत अन्य स्वास्थ्य सामग्री समेत ‘अर्डर’ गरिसकेका उनले बताए। शाहले आफ्नो निजी लगानीमा जाजरकोटको छेडागाड नगरपालिकामा निर्माण गरिरहेको अस्पतालको काम समेत अन्तिम चरणमा पुगेको छ।शाह २०७० सालको संविधान सभा निर्वाचनमा जाजरकोट क्षेत्र नम्बर २ बाट निर्वा्चित भएका थिए।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad