राजेन्द्र कार्की । जाजरकोट
भारतबाट आएर क्वारेन्टाइनमा राखिएका जाजरकोट जुनीचाँदेका २२ जनालाई परीक्षण विनै घर पठाइएको छ । भारतबाट गत चैत्र ९ र १० गते आएका जुनीचाँदेको २, ३ र ९ नम्बर वडाका बासिन्दालाई स्वाब परीक्षण विनै शनिवार घर पठाइएको हो ।
स्थानिय स्वास्थ्यकर्मीले सामान्य ज्वरो नापेर लक्ष्यण केही नभएको भन्दै घर पठाएका हुन् । प्रहरीका अनुसार लकडाउनकै अवधीमा भारतबाट ६४, कतारबाट दुइ जना र मलेसियाबाट एक जना आएका छन् । ति मध्य वडा नम्बर ११ स्थित एक विद्यालयमा रहेको अस्थायी क्वारेन्टाइनमा एक जना कतार र चार जना भारतबाट आएका मात्रलाई राखिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोरकुमार श्रेष्ठले बताए । स्वास्थ्यकर्मीले चेकजाँच गर्दा अवस्था सामान्य देखिपछि विद्यालयकै क्वारेन्टाइनमा राखिएका २२ जना घर पठाईसकिएको डिएस्पी श्रेष्ठले बताए ।
अन्य सवैलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन गरिएको छ । तर उनीहरु क्वारेन्टाइनमा बसे नबसेको अनुगमण गर्ने संयन्त्र नबनाईदा होम क्वारेन्टाइन प्रभावकारी नहुने हो कि भन्ने चिन्ता देखिएको जुनीचाँदे गाँउपालिका ५ का प्रकाश शाहीले बताए । ‘भारत(कालापार)बाट धमाधम मानिसहरु परीक्षण विनै गाँउमा भित्रिएका छन् । गाँउमा स्वाब(नमुनाा) संकलन गर्ने ब्यवस्था पनि छैन । ज्वरो आएको छैन भने सामान्य अवस्था छ भन्दै घर पठाउने गरिएको छ’ उनले भने ‘संक्रमण भए नभएको प्रयोगशालामा परीक्षण नगर्दा जोखिम बढ्ने देखिन्छ । तसर्थ सरकारले सवैलाई द्रुत मार्गबाट परीक्षणको ब्यवस्था मिलाउनु पर्छ । भारत र अन्य मुलुकबाट लकडाउनकै अवधीमा दुई सय ३० जना भित्रिएको प्रहरीको तथ्यांकमा उल्लेख छ । ति सवैलाई स्थानिय सरकार र प्रहरीले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि नमान्दा जोखिम बढ्ने देखिएको छ । कारोना संक्रमण भएनभएको एकिन गर्न स्वाब संकलन गरी पठाउने ब्यवस्था जिल्लामै नहुँदा थप जटिलता देखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।