राजेन्द्र कार्की । जाजरकोट
बारेकोटमा मंगलवार राती अपरिचित समुहले डोजरमा आगजनी गरेको छ । बारेकोट गाँउपालिका जोड्ने हान्नेसल्ला— लिम्सा सडक खन्न लगिएको रेगन निर्माण सेवा सुर्खेतको डोजरमा आगजनी भएको हो ।
सडक निर्माणको लागी बारेकोट लगिएकोे बा ३ क ४०८६ नम्वरको डोजर बारेकोट गाउँपालिका १ धौलाकोट खडकरी भन्ने स्थानमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । आगलागीबाट डोजरका पुरै पाटपुर्जा जलेको छ । डोजर किन र कसले के का लागी आगजनी गरेको हो भन्ने वारेमा खुल्न नसकेको प्रहरी जनाएको छ । तर नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताले डोजर मालिका दान बहादुर खडका सँग केही समय अघि मोटो रकम चन्दा मागेको तर दिन आलटाल गरेपछि जलाएको हुन सक्ने आशंका गरिएको छ । डोजर मालिक खड्काले चन्दा नदिन डोजर जलाउने धम्की वारम्बार आएको सुनाए । तर अहिले सम्म आगजनीको जिम्मा कसैले लिएको छैन । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्छ ।
डोजरमा आगजनी कसले किन के का लागी गरेका हुन भन्ने विषयमा आगजनी गर्ने व्यक्तिहरुको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक किशोर सिह श्रेष्ठले बताए ।
डोजरमा आगजनी गरेको थाहा पाएर अनुसन्धानको लागी प्रहरी टोली त्यस तर्फ खटिएको छ । डोजरमा आगजनी कसले गरेको हो भन्नेमा अभै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख श्रेष्ठले बताए । डोजर जस्ले जलाएको भएपनि अपराधिक गतिविधि हो । यसमा संलग्नलाई आवश्यक कारवाही हुन्छ उनले भने ।