उपचार अभावमा अनौठो शिशुको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
उपचार अभावमा गत बुधवार जाजरकोटमा जन्मिएको अनौठो शिशुको मृत्यु भएको छ । जिल्लाको बारेकोट गाँउपालिका ७ स्यालाका मालबहादुर बस्नेतकी श्रीमति दुर्गा बस्नेतले दुई टाउको भएको अनौठो छोरीको उपचार अभावमा शुक्रवार मृत्यु भएको हो ।

दोस्रो सन्तानको रुपमा जन्मिएको शिशु तीन दिन पछि मृत्यु भएको हो । आर्थिक अभावले समयमा सुविधा सम्पन्न अस्पताल लैजान नसक्दा छोरीलाई बचाउन नसकिएको बाबु मालबहादुर बस्नेतले बताए । नेपालगञ्ज लैजान सक्ला स्वास्थ्य चौकीले रेफर गरेपनि आर्थिक अभाबले उनीहरुले नवजात शिशुलाई घर फर्काएर लगेका थिए । ‘सुविधा सम्पन्न अस्पताल लैजाने पैसा थिएन । टाउकोमा टाउको जत्रै मासुको डल्लो थियो । जन्मदा छोरीको अवस्था राम्रै थियो । दुध चुसिरहेकी थिईन तर शुक्रवार दुध खाएर सुतेकी उनको केही समयमै मृत्यु भयो’ बस्नेतले भने—‘ जिल्ला बाहिर सुविधा सम्पन्न अस्पताल लैजान रकमको जोहो गदै थिए छोरीको मृत्यु भैहाल्यो ।’ घरमा बच्चा जन्मिना नसकेपछि गत बुधवार बारेकोट ८ सक्ला स्थित स्वास्थ्य चौकी पुरयाईएको थियो । स्वास्थ्यकर्मीको सहयोगमा दुई टाउका भएको शिशु जन्मिएको थियो । अनौठो बच्चा जन्मिएपछि स्थानिय र स्वास्थ्यकर्मी समेत अचम्ममा परेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad