सहदेव बस्नेत । जाजरकोट
बालमैत्री नगर घोषणाको अभियान थालेको भेरी नगरपालिकाले आफ्नो अभियानलाई गाँउ गाँउ सम्म तिव्रताका साथ अघि बढाएको छ । सन् २०२१ भित्रमा बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य राखेको भेरी नगरपालिकाले बालमैत्री नगर घोषणाको लागि वडा स्तरिय सरोकारवालाहरुलाई अभिमुखीकरण सम्पन्न गरेको छ ।
गतबर्षको पुस २१ गते सम्पन्न चौथो नगर सभाबाट बालमैत्री नगर बनाउने नीतिगत निर्णय गरेको नगरपालिकाले आफ्नो नगरपालिकामा बालमैत्री स्थानीय शासन संचालनका सेवाप्रवाह सम्बन्धिका ४२ र संस्थागत बिकास सम्बन्धिका १४ गरि जम्मा ४६ वटा सुचकहरु तयार पारी सो को पुरा गर्नको लागि गाँउ गाँउ सम्म अभियान थालनि गरेको हो ।
हालै नगरपालिकाले १३ वटै वडामा सरोकारवाला शिक्षक, वालक्लव, टोल सुधार समिति, स्थानिय जनप्रतिनिधि, पत्रकार लगायतलाई वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी गराए ।
अभियानका साथ यही माघ ५ गतेदेखी १२ गते सम्म २ वटा समुहमा विभाजन भई नगरपालिकाले स्थानिय वालअधिकार श्रोत व्यक्तिहरु मार्फत उक्त वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको महिला तथा वालवालिका शाखाका फोकल व्यक्ति धनसरा रानाले बताईन ।

कार्यक्रममा वालअधिकार, वालमैत्रि स्थानिय शाशनको अवधारणा वारे अभिमुखीकरण गरिएको थियो । त्यसै गरी वालअधिकारका ४ वटा क्षेत्र बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार , विकासको अधिकार र सुरक्षाको अधिकारका वारेमा सहभागिहरुलाई छलफल चलाइएको थियो । अभिमुखीकरणकार्यक्रमको सहजीकरण श्रोत व्यक्तीहरु राजेन्द्र विक्रम शाह र सहदेव बस्नेतले गरेका थिए ।
अभिमुखीकरण कार्यक्रमकै दौरानमा हरेक वडामा सहभागिहरुले बाल मैत्रि नगरपालिका निर्माण गर्नका लागि आआफ्ना ८ वुदे प्रतिवद्धता समेत तयार गरी हस्ताक्षर गरेका छन । साथै सरोकारवालाहरुले वालमैत्रि नगरपालिका निर्माणको लागि विद्यालयमा छात्रछात्रा मैत्रीशौचालय, वालमैत्री खानेपानीधारा छात्रा विश्राम गृह, उपयुक्त फर्नीचर तथा डेस्क वेन्च आदीको व्यवस्थागर्न माग गरेकाथिए ।
भेरी नगरपालिकाले “बालबालिकासंग–मेयर”कार्यक्रमलाई उच्चप्राथमिकता दिएको बताउदै निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बालमैत्री नगर घोषणा गर्नका लागि नीतिगत निर्णय गरिसकेको नगरपालिकाले हाल विभिन्न क्रियाकलापहरु कार्यान्वयन गरीरहेको छ । यसका साथै अन्य क्रियाकलापहरु पनि अभियानका साथ अगाडि वढाइने घर्तिको भनाई छ ।