कुशेमा नेकपा र राप्रपाका २३५ जना काँग्रेसमा प्रवेश

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटको कुशे गाँउपालिकामा नेकपा र राप्रपाका २ सय ३५ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । कुशे गाउँपालिकाको घरंगामा आयोजित नेपाली काँग्रेसको गाँउ जागरण कार्यक्रममा नेपाल कम्नियुष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
गाउँ जागरण अभियानमाका क्रममा नेपाली कांग्रेसले सोमबार घरंगामा विशाल आम सभाको आयोजना गरेको थियो । आमसभामा राप्रपा र सत्तारुढ नेकपा परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेपछि काँग्रेस कार्यकर्ता उत्साहित भएका छन् । उक्त गाँउपालिका स्थानिय तहको चुनावमा नेपाली काँग्रेसले जितेको छ । नव प्रवेसी स्थानियलाई नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति दीपकजंग शाहले टीका र माला लगाएर स्वागत गरेका थिए । पार्टीमा नव प्रवेशीहरुलाई बधाई दिदै पार्टी सभापति शाहले आगामी स्थानीय तहको निर्वाचनमा कुशे गाउँपालिकामा जनताहरु फेरी पनि नेपाली कांग्रेसको चारतारे झण्डा फहराउन आतुर भएको बताए ।

कम्युनिष्ट सरकारले जनताका अपेक्षा अनुसारको काम गर्न नसकेको बताउदै नेता बेदराज ंिसहंले जनताले अनुभुति गर्ने गरि देशको बिकास गर्न नेपाली कांग्रेसको सरकार हुनु पर्ने बताए । नेपाली कांग्रेसको सरकार गठन गर्नलाई आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्हमा मतदान गर्नुपर्ने नेता सिंहको भनाई रहेको थियो । नव प्रबेशीलाई नेपाली कांग्रेस जाजरकोटका पुर्व पार्टी सभापति सनतकुमार कार्की, महासमित सदस्य रत्न खड्का, गाउँ नगर कमिटि समायोजन केन्द्रिय प्रतिनीधि भीमबहादुर सिंह, सहसचिब धनसरा शाही, नेविसंघका नेता खड्क बिसी लगाएतका नेताहरुले बधाई दिए।

कुशे गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने नेपाली कांग्रेसका नेता तथा गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । नेपाली कांग्रेसको मोडेल गाउँपालिकाका रुपमा कुशे गाउँपालिकालाई लिन सकिने अध्यक्ष बस्नेतले दावी गरे । कुशेमा बौद्धिक क्षमता भएका तथा स्थानियमा राम्रो प्रभाव पार्न सक्ने दिनेशकुमार सिंह, लोकेन्द्र बहादुर सिह, गोरखबहादुर सिंह, रामबहादुर सिंह, भक्तबहादुर रोकाय लगायतका ब्यक्तित्वहरु नेपाली काँग्रेसमा प्रवेश गर्दा आफुहरुमा नयाँ उर्जा र थप हौसला मिलेको गाँउपालिका अध्यक्ष बस्नेतले बताए ।
स्थानिय सरकारको राम्रो कामको प्रभावले अन्य पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको उनले बताए । हाल सम्म हजार बढी अन्य पार्टीका कार्यकर्ता काँग्रेसमा प्रवेश गरिसकेको उनको भनाई छ ।

तस्वीर सौजन्य दीपबहादुर घर्ती

जनताको विचमा गरिएका कतिपय बाँचाहरु पुरा गर्न बाँकी रहेको भएता पनि अधिकाँश बाँचा पुरा गरिसकेको कांग्रेस नेतृ तथा कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले बताईन् ।

अभियानको सिलसिलामा नेपाली काँग्रेस जाजरकोटले कार्यकर्ता भेटघाट, अन्तरक्रिया, आमसभा, प्रशिक्षण, कमिटी गठन, घरदैलो, अगुवा कार्यकर्ता भेला लगायत कार्यक्रम संचालन गर्दै आएको छ । सोमबार कुशे गाउँपालिकाको घरंगामा आम सभाको आयोजना गरेको नेपाली कांग्रेस, जाजरकोटले मंगलवार टापुचौरमा आमसभाको आयोजना गरेको छ । टापुचौरमा आयोजित आमसभा पनि नेकपा र राप्रपाका दर्जनौं नेता कार्यकर्ताले पार्टी प्रवेश गरेको नेपाली कांग्रेस, जाजरकोटले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad