‘झोक्राएको विरालो जस्तो डाक्टरले के उपचार गर्ला ?’– मुख्यमन्त्री शाही

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले झोक्राएको विरालो जस्तो डाक्टरले विरामीको उपचार गर्न नसक्ने भन्दै हँसिलो चेहरा लिएर उपचार गर्न आग्रह गरेका छन् ।

‘झोक्राएको विरालो जस्तो, हेदै चिर्थोला जस्तो अनुहार लगाएर, विरामीलाई हप्काएर उपचार असम्वभ छ’ उनले भने–‘विरामीलाई डाक्टरले छुने वित्तिकै उसको बोली ब्यवहार र परामर्शले रोग निको होस त्यस्तो डाक्टर बन्नुहोस शुभकामना छ ।’ जिल्ला अस्पतालमा नवनिर्मित प्रसुति भवनको उद्घाटन गदै मुख्यमन्त्री शाहीले नागरिकलाई सरल सहज र विरामी मैत्री ब्यवहार गरेर उपचार गर्न सुझाव दिएका छन् । उनले जाजरकोट अस्पताल र स्वास्थ्य संस्थाको स्तर बृद्धिका लागी कर्णाली सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिए ।

जाजरकोट अस्पतालको प्रसुति भवन उदद्घाटन गदै मुख्यमन्त्री महेन्द्रबहादुर शाही

कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले स्वास्थ्य सेवा कार्यालय मातहतका स्वास्थ्य संस्थाको विश्वसनियता बढाउन स्वास्थ्यकर्मीलाई आग्रह गरे । उनले मन्त्रालयको तर्फबाट गर्ने सवै सहयोग गर्न आफु तयार रहेको बताए ।

प्रसुति भवनको उद्घाटन गरिएपनि गत आवमा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको भवन उद्घाटन पनि गरिएन  । ५० लाखको भवनमा चिसोले विरामी बस्न नसकेपछि हाल सो भवन प्रयोग विहिन भएको छ । जस्ता पाताबाट पानी चुहिना थालेपछि उक्त भवनमा विरामी राख्न नसकिएको अस्पतालका चिकित्सकहरुले बताएका छन् । अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेत नेतृत्वमा भनेको उक्त भवन निर्माणमा अनियमितता भएको ब्यापक गुनासो बढेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad