राजेन्द्र कार्की । जाजरकोट
जापानमा बस्ने नेपालीहरुको संस्था यु मी नेपाल जापानको सहयोगमा रुपान्तरण नेपालले जाजरकोट भेरी नगरपालिकाका साढे चार हजार विद्यार्थीलाई विहिवार झोला वितरण गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकास ज्वाला र सामाजिक विकास मन्त्री दल रावल लगायतले विद्यार्थीलाई झोला हस्तान्तरण गरेका हुन् ।
प्रदेश सभा सदस्य धर्मराज रेग्मी र उच्च सरकारी अधिकार झोला वितरण कार्यक्रममा जाजरकोटबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु गणेशप्रसाद सिंह, कृष्णा शाह र कौसिलावती खत्री, प्रदेश सभा सदस्य धर्मराज रेग्मी र उच्च सरकारी अधिकारी समेत सहभागी भएका थिए । उक्त कार्यक्रममा मुख्यमन्त्री, मन्त्री द्धय, भेरी नगरपालिकाका मेयर चन्द्रप्रकास घर्ती र रुपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले मन्तब्य राखे । मुख्य मन्त्री शाहीले राम्रो सँग पढेर ठुलो मान्छे हुन विद्यार्थीलाई आग्रह गरे ।
भेरी नगरपालिका अन्र्तगत ४७ सामुदायिक विद्यालयका चार हजार चार ससय ५३ विद्यार्थीलाई जापानी झोला प्रदान गरिएको हो । युमी ( तिमी–म ) नेपाल जापान संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत कालिकोट, दैलेख, सल्यान र जाजरकोटका १५ हजार विद्यार्थीलाई उपहार स्वरुप जापानी झोला पठाएको छ । भेरी नगरपालिकाको समन्वयमा नगरपालिका भित्रका १९ विद्यालयका दुई हजार ९७ विद्यार्थीलाई स्याउलीबजारमा र २८ विद्यालयका दुई हजार तीन सय ५६ विद्यार्थीलाई सदरमुकाम खलंगामा झोला वितरण गरिएको रुपान्तरण नेपालले जनाएको छ । ४ देखी ८ कक्षामा अध्ययनरत विद्यार्थीले झोला पाएपछि खुसी भएका थिए ।