‘महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने चिन्तन फेरिनु पर्दछ ।’–कृष्णा शाह कर्णाली प्रदेस सभा सदस्य

lagu ausadhi biruddha abhiyan jajarkot

आमा सम्झना शाह र बुबा थिर जंग शाहको कोखबाट भेरी नगरपालिका २ पोखरामा जन्मिएकी कृष्णा शाह कर्णाली प्रदेश सभा सदस्य हुुनुहुन्छ । तत्कालिन माओबादी भातृ संगठन अखिल(क्रान्तिकारि)बाट राजनीतिक जीवनको शुरुवात गरेकी उहाँ २०५४ मा मा.वि.इकाई सदस्य, २०५५ मा मा.वि.इकाई अध्यक्ष हुँदै हाल नेकपाको कर्णाली प्रदेश समिति सदस्य हुनुहुन्छ । २०५५ मा एक हप्ता प्रहरी हिरासतमा चरम यातना पाएकी उहाँ ६ बर्ष भुमिगत राजनितिमा संलग्न हुनु भएको थियो । उहाँ सँग प्रवाह डट कमका राजेन्द्र कार्कीले गरेको कुराकानीको सारसंक्षेप ः

(१) हाल के गदै हुनुहुन्छ ? के मा व्यस्त हुनुहुन्छ ?

 म पार्टीको पुर्णकालिन कार्यकर्ता हुँ, निरन्तर पार्टी कार्यमा क्रियाशिल छु । म जनप्रतिनिधि पनि हँु र निरन्तर जनसेवामा क्रियाशिल छु । पहिलो काम प्रदेशको संरचना नयाँ भएकाले सबै जसो कानुन नयाँ बनाउनु पर्ने छ । हामी त्यसमै छौ । अहिले सम्म प्रदेश सभाले २६ वटा कानुन बनाइसकेको छ र ५ वटा समितिमै छलफल भैइरहेका छन अरु बाँकी धेरै निर्माण गर्नु छ । दोस्रो, जनताका सुख, दुख, बुझ्ने, सुझव लिने र विकास निर्माणका साथै कार्यन्वयनमा देखिएका समस्याहरु र असहजतालाइ सुल्झाउने काममा सहजिकरण गर्ने काममा सहभागी भै राखेकीछु ।

(२) कर्णाली प्रदेश सभाको सदस्य हुनु हुन्छ । नेपालमा पहिलो पटक संघियता अन्तर्गत प्रदेश सरकारको अभ्यास गरिदै छ कस्तो लागि रहेको छ ?

हो अक्सर मान्छे सजिलो पहिले नै थाहा भएको बाटो हिडन मन पराउँछन त्यसमै अभ्यस्त भएका हुन्छन । जहिले पनि नयाँ बाटो अफ्ठयारो हुन्छ । नेपालको सन्र्दभमा पनि संघियताको कार्यान्वयन त्यस्तै नबिन र अप्ठयारो भएको छ । कुनै पनि प्रणाली एकात्मक वा संघियता आफैमा दोष रहित, अचुक र पुर्ण हुदैनन् । कुन प्रणाली लागु गर्ने भन्ने त्यस देशको सापेक्षता, आवश्यकता र समाजको विकासको स्तरले निधारण गर्दछ । नेपालले लामो समय सम्म एकात्मक शासन प्रणालीको अभ्यास गर्यो । राजधानी र केन्द्र मुख्य शहरहरु बाहेक बाहिर कर्णाली लगायत दुरदराजमा समानुपातिक विकास भएन । काठमाण्र्डाै केन्द्रित अधिकारलाई बाडफाँट गर्ने काम संघियताले नै गरेको हो । नियम कानुन नयाँ बनाउनु पर्ने, संरचना पनि नयाँ बनाउनु पर्ने, एकात्मक मानसिकता र सोचलाई संघात्मक बनाउनु पर्ने भएकाले कार्य जटिलताहरु देखा परेका छन । विस्तारै समाधानको दिशामा अगाडि बढछ । यसको प्रयोग भएमा समृद्र्ध र पूर्ण हुदै जान्छ ।

(३)संघिय र स्थानीय सरकार भए पुग्छ । प्रदेश सरकारको काम छैन भन्छन नि ?

समयको बिकास प्रक्रियामा जसले आफनो औचित्य सिद्ध गर्न सक्दैन वा विकासको बाधक हुन्छ त्यो त आफै किनारा लाग्छ नै । जस्तो राजतन्त्रले नेपाली समाज र राजनितिमा आप्mनै औचित्य सिद्घ गर्न सकेन । हामीले प्रयोग गरि रहेको संसदिय संघिय गणतन्त्रको अगाडि चुनौतिहरु छन । ति मध्यको प्रमुख चुनौती भनेको आफनो औचित्य पुष्टि गर्नु हो । यो चुनौती पुष्टि गर्ने नसके यो प्रर्णाली पनि विस्थापित हुन्छ तर समयको चक्र पछाडी फर्कदैन अगाडी बढीनै रहन्छ । अहिले नै नेपालको संघियता माथि प्रश्न उठाउने बेला भएको छैन । प्रदेश सरकारहरुनै संघियताको पहिचान र मर्म हुन् । प्रदेशिक सरकार प्रति संका गर्ने बेला पनि भएको छैन । प्रदेशिक संरचनाले नै संघ र स्थानीय तहलाइ जोडने काम गरि रहेको छ । बिचको तह नभए भ्याकुम हुन्छ । त्यसैले घाटा गर्छ । कुन तर्कको आधारमा वा कुन तथ्यको आधारमा प्रादेशिक संरचना नभए पुग्छ भनेको हो त्यो हेर्नु पर्छ बुझनु पर्छ । हचुवाको भरमा भनेको हो वा पूर्वाग्रही भएर भनेको हो वा वैज्ञानिक तथ्यको आधारमा भनेको हो त्यो हेर्नै पर्छ । तर्क आउने वित्तिकै आत्तिने कुरा हुदैन ।

(४)कर्णाली प्रदेश सरकारले गति लिन नसक्नु का कारण के हुन ?

गति केलाई भन्ने ? समग्र रुपले प्रदेश सरकारले आफनो गति लिई राखेकै छ । शुन्यताबाट अगाडि बढेको प्रदेश सभा, प्रदेश सरकारले २६ वटा कानुन बनाइ सकेको छ । प्रत्येक जिल्लामा आफ्ना संरचनाहरु बनाएको छ । खास गरि विकासे वजेट खर्चको हिसाबले खर्च गर्न नसक्दा गतिरोध देखिएको हो । अन्य सबै काम गति मै छन । मुख्य गरि भौतिक पूर्वाधारतिरको बजेट खर्च गर्ने स्थिति नहुदा समस्या देखिएको हो । सरकारले नचाहेर भन्दा पनि आफनो कानुन आफनै कर्मचारी र संरचना नहँुदा बजेट खर्च हुन नसकेको हो भने संघिय संरचना अनुसार सरकार संचालनमा अनुभवको कमी सरकार भित्रकै बुझाइमा ,गराईमा थोरै एकरुपता नहुँदा भने जस्तो देखिने गरि गति नभएको हो । मुख्य कारण आवश्यकताका आधारमा कर्मचारी नहुनु नै हो । कर्मचारी समायोजनले गर्दा झनै समस्या पैदा गरेको छ । कर्णालीकै उच्च तहका कर्मचारीले कणाली नरोजे पछि बाहिरकाले झन रोज्ने कुरै भएन । योजना बनाएर माग के गर्नु कार्यान्वयन गर्ने जनशक्ति भएन भने, उपलव्धी भने जस्तो भएन अब विस्तारै सबै कुराले गति लिनेछन । समग्रमा सरकाले गति लिन्छ ।

(५)कर्णालीमा खास समस्या ,चुनौती र संभावनाहरु केके हुन ?

केन्द्रिकृत शासन प्रणालीको अभ्यास, त्यसको आदत गरिबी पछयोटेपन र विकट भुगोल छरिएर रहेको जनसंख्या कणालीका चुनौती हुन । सयौ बर्ष देखि हेपिएको कर्णालीले एक दुई बर्षमै जादुको छडी जस्तै विकास गर्न सक्दैन । यसलाई केही समय लाग्छनै ढिलो छिटो गन्तब्यमा पुगिन्छ नै । कर्णालीमा मुख्य दुई वटा राम्रा संमभाबना हरु छन । यहाँ अथाह साधन ,स्रोतहरु छन । प्रकतिले कर्णालीलाई ठगेको छैन । यहाका जनसमुदायहरु परिश्रमी छन अन्य प्रदेशको तुलनामा ऊर्जाशिल युवा श्रमशील शक्ति धेरै छ । श्रम गर्न संसार भर पुग्छन । आफनै ठाउ आफनै प्रदेश र आफनै देश बनाउने उचित वातावरण र मौका पाए धेरै मेहेनत गर्ने छन । यहाँ प्रकतिक स्रोत साधनहरुको सहि व्यवस्थापन परिचालन , संचालन र बजारिकरण गर्न सके कर्णालीको चिनारी छिटै् बदलिन्छ र धनि हुने छ । यो सम्पुर्ण जिम्मा प्रदेश सरकारले लिनु पर्छ । हामीलाइ योजनाबद्ध बिकास चाहिएको छ । हचुवाको भरमा अरुको देखासिखी गर्ने होईन ।

(६) सरकार प्रति तिब्र असन्तुष्टी बढ्नुको कारण के होला ?

जनता जहिले पनि असन्तुष्ट हुन्छन । परिर्वतनशिल हुन्छन् । क्रन्तिकारी हुन्छन । सामान्य तया सत्ताको चरित्र यथा स्थितिलाई भरथेग गर्ने खालको हुन्छन । जनताका खबरदारीले सरकारको कामलाई जनउत्तरदायी बनाउन प्रभावकारी बनाउन मदत नै गर्दछ जनताको असन्तुष्टि अझ राम्रो काम गर भन्नलाई हो । यो भन्दा राम्रो अर्को थियो भनेर छनोट गर्नलाई होइन । तपाईले भने जस्तो तिब्र असन्तुष्टि छैन । सामान्य असन्तुष्टि हो यसलाई पनि हामिले गंभिर रुपमै लिनु पर्छ ।

(७)जाजरकोटमा तपाई लगायत सत्तारुढ दलका ८ जना सासदहरु हुनुहुन्छ,प्रदेश सभा, राष्ट्रिय सभा प्रतिनिधि सभामा तर जाजरकोटमा विकास गति लिन नसक्नुका कारण के होलान ?

पहिलो कुरा बिकासलाई आकस्मिक र अकस्मात घटनाका रुपमा भन्दा यसको नियम संगत हेर्नु पर्दछ । यस अघि तिब्रतामा बिकास भएको र चमत्कारै भएको र अहिले विकास नभएको हो र ?जाजरकोट जिल्लाको बिकास को स्तर पहिले धेरै माथि अहिले तल खस्किएको हो र ? मलाई त्यस्स्तो लाग्दैन खास कुरा त धेरै बर्ष देखिको बिकासको क्षतिपूर्ति एकै पटक गर्न खोज्दा र देख्नखोज्दा त्यो तिब्र नदेखिएको हो । हामीले बिकासको पूर्वाधारमा जोड गरयौ त्यसमा पनि पहिलो नम्बरमा बाटोलाई राख्यौ । पूर्व पश्चिम पूष्पलाल लोकमार्ग, डोल्पा, जुम्ला जोडने सडक र जिल्ला भित्रका सडकहरु । दोस्रोमा हामीले विद्युतिकरण लाई राख्यौ । विद्युतिकरण बिना अरु बिकास असम्भब हुन्थ्यो ।केन्द्रिय लाईन लाई सबै उपभोक्ताको बिचमा पूर्याउने, नलसिह गाडलाई गति दिने र स्थानिय जलविद्युतको पनि सदुपयोग संरक्षण गने विद्यालय, स्वास्थ्य क्षेत्र खानेपानी कृषि तथा जडिबुटी , साना उद्योग पर्यटन लगायतका क्षेत्रमा कामहरु भैरहेका छन र तिनले विस्तारै गति लिदैछन । दास्रो कुरा तिनै तहको सरकारलाई अलग अलग होइन सहमतिमा हेरेर मात्रै विकासलाई प्रगतिमा बुझन सकिन्छ । तै पनि कामको प्रभावकारीतामा हामीले ध्यान दिनै पर्छ ।

(८)प्रसंग बदलौ, महिला हिंसा विरुदको १६ दिने अभियन भर्खर सकिएको छ पछिलो समय महिला हिंसाको घटनाहरु बढिरहेका छन । महिला हिंसा न्युनिकरणका लागि अहिले सम्मको प्रयास प्रयाप्त छन या थप केही गर्नु पर्ला ?

कुनै पनि समस्याको जड कारण पत्ता नलगाई समाधानमा पुग्न सकिदैन । महिला हिंसा भनौ वा उत्पिडनको मुल कारण पितृसत्ता हो । यो पितृ सत्तालाई आड भरोसा गर्ने राज्य सत्ता हो । त्यो राज्य सत्ताको आडभरोसा गरेको हाम्रो समाज ,सँस्कृति हो । आदत हो। महिला पुरुष बराबर हुन भन्ने नारा भट्यायर गित गाएर नारा लगाएर केन्द्रमा एक थान कानुन बनाएर केही हुनेवाला छैन व्वहारमा ,बानीमा, सस्कारमा , सास्कृतिमा समानता हुनु पर्दछ । महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने चिन्तन फेरिनु पर्दछ । महिलालाई अयोग्य ठान्ने चिन्तन बदलिनु पर्दछ । महिलाहरु समानुपातिक साँसद मात्रै बन्न योग्य छन भन्ने मानसिकता फेरिनु पर्दछ । गाउपालिकामा उपाध्यक्ष नगरपालिकामा उपमेर मात्र बन्ने योग्यता छ भन्ने सामान्ती चिन्तनको जरा नउखेलिकन एक दुई ओटा कार्यक्रम अभियानले केही पनि हुनेवाला छैन । राज्य सत्तामा पुरुष वरावर हिस्सेदारी ,समाजमा विभेकारी चिन्तन र व्यवहारको रुपान्तरण हुनै पर्दछ ।

(९)सुत्केरी हुन नसकेर जोखिममा परेका गर्भवति महिलाहरुलाई राष्ट्रिपति महिला उत्थान कार्यक्रमले हवाई उडान थालेको छ यो सकारात्मक कार्य हो । तर सधै यसरीनै हेलिकप्टर बाट राख्दै रहने कि ग्रामिन भेकका स्वास्थ्य सस्थाको पनि क्षमता विकास गर्ने ?

तपाईको प्रश्नमै उत्तर छ , तत्कालको लागि अर्को उपाय नभएको अवस्थामा ज्यान जानु भन्दा त्यसरी उदार गर्नु सकारात्मक मात्रै होईन अत्यावश्यक पनि छ । दिर्घकालिन दृष्टिले हामीले कम्तिमा पालिका स्तरमा सुविधा सम्पन्न अस्पताल स्वास्थ्य चौकी जहाँ दक्ष जनशक्ति सहितको वथिङ सेन्टर बनाउनै पर्दछ ।

(१०) अन्त्यमा केही भन्न बाँकी छ कि ?

मेरा कुरा अनलाईन मार्फत सार्वजनिक गर्ने अवसर दिएकोमा प्रवाह डक कम परिवारलाई धन्यवाद । धेरै निराशावादी नबनौ । काम गरौ । सरकारको खवरदारी गरौ । जनप्रतिनिधीको खवरदारी गरौ । सवै मिलेर टोल,गाँउ नगर, जिल्ला, प्रदेश र देश विकासको प्रगतिपथमा लम्काऔ यही कामना छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad