मानव अधिकार दिवसमा कैदीलाई फलफुल वितरण

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
७१ औ मानवअधिकार दिवसको अवसरमा जाजरकोटमा कैदीबन्दीलाई फलफुल वितरण गरिएको छ । नेपाल मानवअधिकार संगठन जाजरकोट, एमनेष्टी ईन्टरनेशनल नेपाल जाजरकोट ग्रुप र इन्सेक जाजरकोटको आयोजनामा जिल्ला कारागारका कैदीबन्दीलाई फलफुल वितरण गरिएको हो । कर्णाली प्रदेश सभा सदस्य कृष्णा शाह र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले कैदीबन्दीहरुलाई फलफुल वितरण गरेका हुन् ।

कार्यक्रमा प्रदेश सभा सदस्य शाहले मानवअधिकार दिवसको शुभकामना दिदै संविधान प्रदत्त मानव अधिकार सवैलाई समान रुपले लागु हुने बताईन । उनले मौलिक हक र मानवअधिकारको रक्षाकै लागी मुलकमा राजनैतिक परिवर्तन भएको बताईन । जुनसुकै अवस्थामा पनि कैदीहरुको मानवअधिकारको रक्षा हुनु पर्छ । जिल्ला कारागारमा आधारभुत आवश्यकता पुरा गर्न पहल गर्नेछु उनले भनिन । प्रजिअ पन्तले बेला बेला कारागारमा आएर उनीको अवस्थाबारे बुझ्ने गरेको बताए । कैदीबन्दीका आधारभुत सेवा सुविधा पुरा गर्न कारागार प्रशासनलाई निर्देशन दिएको उनको भनाई छ ।


मानवअधिकार संगठनका जिल्ला अध्यक्ष केदारबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा भेरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खम्बजंग शाह, एमनेष्टी इन्टरनेशनल जाजरकोटका अध्यक्ष राजेन्द्र कार्की, इन्सेक प्रतिनिधी दिनेश श्रेष्ठ, अधिकारकर्मी राजेन्द्रविक्रम शाह, प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो । १५ जना क्षमता भएको कारागारमा ६० जना कैदी रहेका छन् । एउटै कोठामा कोचिएर बस्नु पर्ने बध्यता रहेको उनीहरुको गुनासो छ । कारागारमा खेल सामग्री र मनोरञ्जनका सामग्रीहरुको अभाव रहेको छ । हरेक बर्ष १० डिसेम्बरका दिन मानव अधिकार दिवस मनाउने गरिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad