च्यारिटी सोबाट संकलन भएको रकमबाट युवाहरुले अस्पतालमा जोडे बत्ति

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

सफा जाजरकोट हरियाली जाजरकोट अभियान चलाईरहेका जाजरकोटका युवा तथा बालबालिकाले च्यारिटी सोबाट संकलन भएको रकमबाट जाजरकोट अस्पतालमा बत्ति जडान गरिदिएका छन् । बत्ति नभएर अस्पताल क्षेत्रमा रातीमा स्वास्थ्यकर्मी, विरामी र कुरुवालाई समस्या भएको देखेपछि जाजरकोट युवा क्रिकेट क्लव र त्रिभुवन मावि बालक्लवले गत बर्ष च्यारिटी देखाएर संकलन भएको रकमबाट बत्ति किनेर जडान गरेका हुन् ।

उनीहरुले ५० वाटका ६ ओटा र १०० वाटका १ वटा बत्ति अस्पताल परिसरमा जडान गरिएको जाजरकोट युवा क्रिकेट क्लव ( जेवाईसीसी) का अध्यक्ष अनिशकुमार कार्कीले बताए । बत्तिमा लाग्ने विद्युत महसुल भने अस्पतालले नै तिर्ने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बत्तिको ब्यवस्था गरिदिएकोमा युवाहरुलाई धन्यवाद दिईन । सदरमुकाम खलंगाको सडक तथा सार्वजनिक ठाँउमा बत्ति नहुँदा समस्या देखिएको भएपनि नगरपालिकाले ध्यान दिएको छैन । क्रिकेट क्लवले सदरमुकाम भित्रका बाटोमा बत्ति जोडिदिन खोज्दा पनि नगरपालिकाले महसुल तिर्न नसक्ने जनाएपछि उनीहरुले अस्पतालमा बत्ति जडान गरेका थिए । केही दिनमै बसपार्कमा समेत बत्ति जडान गर्ने कार्यक्रम रहेको अध्यक्ष कार्कीले बताए । बालक्लव र क्रिकेट क्लवले हरेक शनिवार जिल्लाका विभिन्न ठाँउमा सरसफाई अभियान संचालन गदै आएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad