जाजरकोटमा तीन बर्षको अवधीमा लडेर ८० जनाले ज्यान गुमाएका छन् ।
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा नलगाड नगरपालिका ४ स्यालापाटा निवासी ७१ बर्षिय शान्तबहादुर वलीको भीरबाट लडेर विहिवार मृत्यु भयो । लहँको सिलाज स्थित बागखोरको जंगलमा खर काट्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको हो ।
दुई साता अघि जिल्लाको बारेकोट गाँउपालिका २ लिम्सा स्थित बीरेन्द्र ऐश्वर्य माविमा कार्यरत ३१ बर्षिया शिक्षिका भगवति शाहीको भीरबाट लडेर मृत्यु भयो । बारेकोट ३ बुढागाँउ निवासी शाही विद्यालयबाट फर्कने क्रममा घर नजिकैको भीरबाट लडेर गंभिर घाईते भएकी थिईन । टाउकोमा गंभिर चोट लागेकी उनलाई उपचारका लागी स्वास्थ्य संस्था लिदालिदै बाटोमै मृत्यु भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।
गत असारमा भीरबाट लडेर गंभिर घाईते भएका जिल्लाको नलगाड नगरपालिका ८ मैदे स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी हवलदार मोहवीर खड्काको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भयो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीका अनुसार सुर्खेत भेरीगंगा नगरपालिका–४ निवासी प्रहरी हवलदार खड्काको नेतृत्वमा गाँउ नजिकै प्रहरी टोली गस्तिमा गएको थियो । नलगाड–८ कै गमथले भीरबाट लडेर दुईसय मिटर तल खसेर गंभिर घाईते भएका प्रहरी हल्दारलाई तत्काल रुकुम आठबीसकोट राडी स्थित नगर अस्पतालमा उपचारका लागी लगिएको थियो । त्यहाँ कार्यरत चिकित्सकले विरामीको अवस्था गंभिर रहेकोले तत्काल सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि घाईते खड्कालाई गाडीबाट कोहलपुर पुर्याएको थियो । अस्पताल पुरयाएको केही घण्टामै उनको मृत्यु भयो ।
गत बर्ष बाटोमा पैदल यात्रा गर्ने क्रममा नलगाड ५ गेरेनी भीरमा माथिबाट आएको ढुङ्गाले लागेर बारेकोट ४ मैनाका ५६ बर्षिय मानबहादुर बस्नेतको मृत्यु भयो । जिल्ला सदरमुकाम आउने क्रममा बाटोमा पैदल हिडिरहेको बेला माथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा घटनास्थलमै उनको मृत्यु भयोे ।
यी त केही प्रतिनिधीमुलक घटना हुन् । जाजरकोटमा काम गर्दा गदै र हिड्दा हिड्दै ज्यान जानेको संख्या बढ्दै गएको छ । हिड्दा हिड्दै बाटोबाट चिप्लिएर, ढुङ्गा लागेर, खोलातर्ने क्रममा काठको लाप्कोबाट खसेर, घाँस दाउरा र खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु हुने गरेको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । बाटोघाटो निकै साँघुरो भिरालो र स्थानियले काम गर्ने कार्यस्थल पनि डरलाग्दो भीरपाखामा भएकोले लडेर बर्षेनी धेरै मासिनले अकालमा ज्यान गुुमाउने गरेका छन् उनले भने ‘बाटोघाटो र भीर स्थानियका लागी काल बनिरहेका छन् । हामी दुघर्टना न्युनिकरण गर्ने प्रयासमै छौ।’ स्थानिय तहका अनुसार जिल्लाभर एक बर्षको अवधीमा कम्तिमा ३० जनाले लडेर ज्यान गुमाएका छन् । तीन बर्षको अवधीमा यस जिल्लामा कम्तिमा ८० जनाको ज्यान गईसकेको प्रहरीको अनुमान छ । लडेर मृत्यु भएपछि पोष्टमार्टम गर्नु पर्ने झन्झटले स्थानियले प्रहरीलाई खवर नगर्दा प्रहरी सँग एकिन तथ्यांक नभएको प्रहरी निरीक्षक केशर कार्कीले बताए । उनले जाजरकोट भौगोलिक रुपमा निकै विकट भएकोले लडेर मर्नेको संख्या धेरै रहेको बताए ।
जिल्लाका ग्रामिण भेगमा रहेका गाँउमा जाने बाटो साँघुरो, अफ्ठयारो र जोखिमपुर्ण छन् बारेकोट ५ का पृथीबहादुर नेपालीले भने ‘ बारेकोट जाने बाटो माथि हेर्दा पुरै पहाड मात्र देखिन्छ तल सुसाउने खोला र नदी । हिड्दा पनि चिप्लिएर खसिने हो कि भनेर आङै सिरिङ्ग गर्छ । महिला, बालबालिका, बृद्धबृद्धा, अशक्त, भारी बोकेका मानिसहरुलाई यो बाटो हिड्न निकै सकस खेप्नु पर्दछ ।’ जिल्ला सदरमुकाम बाहेकका गाँउ तथा नगरपालिकामा अहिले पनि मोटरबाटो पुग्न सकेको छैन । गाडी नपुग्दा स्थानिय बासिन्दा पैदलै हिड्न बाध्य छन् । गाँउ जोड्ने गोरेटो तथा घोरेटो बाटो साँघुरो, जीर्ण र जोखिमपुर्ण हुँदा मानिसहरु मृत्युलाई हत्केलामा राखेर यात्रा गर्न बाध्य हुने गरेका छन् ।
कतिपय ठाँउमा पुल छैनन् फड्केबाट खोला तर्नु पर्छ । कतिपय ठाँउका पुल एकदमै जीर्ण छन् । बाटो मर्मत सुधार हुन सकेको छैन । जसले गर्दा मानिसहरुले अकालमा ज्यान गुमाईरहेका छन् नलगाड ४ का हाँसिलाल पन्तले भने ‘स्थानिय बजारबाट गाँउ जाने बाटाहरु जोखिमपुर्ण छन् । माथिबाट ढुङ्गा खस्ने हो कि तल खुट्टा चिप्लिने हो पत्तै हुँदैन । हिड्दा पनि निकै सावधानी भएर हिड्नु पर्छ ।’ लडेर घाईते भएकाहरुले पनि तत्काल उपचार नपाउँदा ज्यान जाने गरेको छ । नजिकमा सुविधा सम्पन्न अस्पताल छैनन् । टाढा लिनका लागी यातायातको सुविधा नहुँदा निकै समस्या पर्ने गरेको पन्तले बताए । उनले भने ‘घरबाट निस्केको मान्छे फर्केर आउँछ कि आउँदैन भनेर चिन्ता गर्नुको विकल्प छैन ।’ कतिपय ठाँउमा सञ्चारको सुविधा नहुँदा पनि तत्काल उद्धार गर्न गाह्रो हुने गरेको स्थानियको भनाई छ ।
स्थानिय तहले डोजर प्रयोग गरेर धमाधम सडक बाटो बनाईरहेका छन् । तर पुराना र मानिस हिड्ने गोरेटो र घोडेटो बाटो मर्मतमा ध्यान दिएका छैनन् । यातायातको पहुँच नपुग्दा मानिस जोखिमपुर्ण भिरालो बाटोमा यात्रा गर्न बाध्य भएको नलगाड १० का किशोर मल्लले बताए ।
सवैभन्दा धेरैको भीरबाट लडेर बारेकोट गाँउपालिकामै मृत्यु भएकोे छ । बारेकोटमा मात्र तीन बर्ष यता ३५ जनाको मृत्यु भएको अध्यक्ष शाहले बताए । उनले ६ महिना यता मात्र लडेर १० जनाको मृत्यु भएको जानकारी दिए । भीरबाट लडेर धेरैको ज्यान जान थालेपछि गाँउपालिकाले यसै आर्थिक बर्ष देखी कम्तिमा २० जनाको एकमुष्ट दुघर्टना बिमा गराईदिने भएको छ । अध्यक्ष शाहले भने ‘आश्रित परिवारको भरणपोषणका लागी गाँउपालिकाले एकमुष्ट बिमा गरिदिन्छ जसको मृत्यु हुन्छ त्यही परिवारलाई रकम दिने ब्यवस्था मिलाईनेछ ।’