गाँउ पसेर उपर्दो मच्चाउने बदेल मृत अवस्थामा

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की

जाजरकोट १२ मंसिर

 

गाँउ पसेर उपर्दो मच्चाउने बदेल जाजरकोटको कुशेमा मृत अवस्थामा फेला परेको छ । गाँउलले प्रतिकार गर्दा बदेल मरेको आशंका गरिएको छ ।


कुशे गाँउपालिका ५ खुर्पामा बुधवार दिउँसो जंगलबाट आएको बदेलले स्थानिय वीरबल कामीलाई हानेर घाईते बनाएको र उनका दुई बाख्रा मारिदिएको थियो । त्यस्तै अर्का स्थानिय पठे विष्टको एउटा बाख्रो पनि बदेलले मारिदिएको प्रहरीले जनाएको छ । बदेल देखेर भाग्ने क्रममा स्थानिय हरिवहादुर बोहरा र दीपक रावल पनि घाईते भएका छन् । गंभिर घाईते वीरबलकोको चौरजहारी स्थित मिसन अस्पतालमा उपचार भैरहेको छ । उनको शरिरमा १२ ओटा टाँका लगाईएको छ । गाँउमा आएर उप्रर्दो मच्चाउन थालेपछि गाँउलेहरुले ढुङ्गा मुढा गदै लखेटेको स्थानिय जयबहादुर विकले बताए । गाँउलेको ढुङ्गा मुढा र लखेटाईबाट घाईते भएको बदेल गाँउ नजिकैको जंगलमा मृत अवस्थमा फेला परेको डिभिजन बन कार्यालय जाजरकोटका प्रमुख महेश कुमाईले बताए ।

स्थानियले खवर गरेपछि ईलाका प्रहरी कार्यालय पाँचकाटियाबाट प्रहरी र डिभिजन बन कार्यालयबाट बन प्राविधिक घटनास्थल पुगेका थिए । मृत अवस्थामा फेला परेको बदेल ७१ इन्च लम्बाई, ३३ ईन्च उचाई र एक सय ५० केजी तौलको रहेको डिभिजन बन प्रमुख कुमाईले बताए । मृत अवस्थाको बदेललाई सदरमुकाम स्थित डिभिजन बन कार्यालय ल्याई पोष्टमार्टम गरेर स्थानिय प्रशासन , सुरक्षा निकाय र सञ्चारकर्मीको रोहवरमा गाडिएको उनले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad