गाडीवाला सँग महिनावारी रकम असुल्छ प्रहरी

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

केही समय अघि नेपालगञ्जबाट म जाजरकोट आउँदै थिए फोर्स गाडीमा । गाडीको छत्मा केही समान राखिएको थियो एक जना ब्यापारीको । मेहलकुनामा ट्राफिक प्रहरीले गाडी रोक्न निर्देशन दियो । सहचालकले चालकलाई गाडी रोक्न ट्राफिक प्रहरीले ईशारा गरिरहेको बताए । चालकले सहचालकलाई किन उतै हेर्छस भनेर उल्टै हपार्यो । गाडी चालकले थाह नपाए झै गरेर गाडी कुदायो । म चालकको सिट नजिकै बसेको थिए । ‘साला पुलिस गाडीमा राखेको समान देखेर पैसा झार्न खोजेको होला । महिनावारी पैसा बुझाएर पनि नपुग्ने ।’ चालकले गाडी तिव्र गतिमा हँईक्याउँदै भने ।

मैले काँहा कति बुझाउनु हुन्छ र मासिक रकम भनेर चालकलाई प्रश्न तेस्याए । उसले भन्यो ‘नेपालगञ्ज–जाजरकोट सडकको ८÷१० ठाँउमा मासिक पाँच सयका दरले बुझाउनु पर्छ सर । के गर्ने नदिए किचकिच गर्छन । बढी यात्रु राख्न दिदैनन् । सधै यही रुटमा हिड्नु पर्छ ।’ कुराको विट नमादै दुई जना पुलिस गाडीलाई पछि पादै अघि बढे । हेर्नुस न सर अघि रोक्ने इसारा गदै थियो मैले नथाहपाए झै गरेर गाडी कुदाए । आई हाल्यो । पैसा झार्ने विचार गरिसक्यो । महिनावारी दिएर पनि सुख छैन ति चालकले पिडा सुनाए । ति ट्राफिक पुलिस बोटेचौर गएर बसेका रहेछन् । गाडीलाई समाईहाले । किन नटेरेको । जरिवाना काटौ कि के गरौं भनेर हप्काएपछि आफुले मासिक रुपमा सवै प्रहरी विटमा पैसा तिर्ने गरेको सुनाएपछि ति पुलिस नयाँ रहेछन् एक सय रुपैयामा कुरा मिल्यो उनले सुनाए । त्यसपछि अरु बेला यही रुटमा यात्रा गर्ने सिलसिलामा आधा दर्जन चालकलाई महिनावारी रकम बुझाउने बारे सोध्दा सवैले पाँच सय देखि एक हजार रुपैया सम्म बुझाउनु पर्ने बाध्यता सुनाए ।
जाजरकोट –नेपालगञ्ज सडक खण्डमा प्रहरीले यातायातका साधनबाट मासिक रुपमा रकम असुल्ने गरे पनि नियामक निकाय मौन छ । प्रहरीले प्रत्येक गाडीवाला सँग मासिक पाँच सय देखी एक हजार रुपैया सम्म रकम लिने गरेको चालकहरुको भनाई छ ।
सडकको चेक प्वाईन्टका प्रहरी चौकीले रकम असुल्ने गरेका हुन् । यस सडक खण्डमा सुर्खेत, जाजरकोट र सल्यान र बर्दिया मातहतका प्रहरी चौकी छन् । ति चौकीमा ट्राफिक प्रहरीको पनि ब्यवस्था गरिएको छ । जाजरकोटका शान्तिचौतारा, मटेला, कुदु र छेडा, सुर्खेतका राकम, बोटेचौर, मेहलकुना र छिन्चु, सल्यानका सल्लीबजार र बालुवा संग्रही, बर्दियाको बबई प्रहरी चौकीमा मासिक रुपमा पाँच सयका दरले रकम बुझाउँने गरेको ६ बर्ष देखी यस सडक खण्डमा टाटा सुमो सनराईज गाडी चलाउँदै आएका एक चालकले भने – ‘प्रहरीले मागे अनुसार मासिक रुपमा रकम नदिए प्रहरीले निकै दुःख दिन्छ, सताउँछ । त्यही भएर रकम बुझाउन बाध्य छौ ।’ दुई बर्ष देखी फोर्स गाडी चलाउँदै आएका अर्का चालकले पनि नाम उल्लेख नगरिदिन आग्रह गदै भने प्रहरीका चेक प्वाईन्टहरुमा मासिक रुपमा पाँच सय रुपैया बुझाउनु पर्छ । यस सडक खण्डको १०÷११ ठाँउमा गरी मासिक पाँच÷ छ हजार रुपैया प्रहरीलाई नै बुझाउन बाध्य भएको गुनासो गरे । ‘मागे अनुसार रकम नदिऔ भने दैनिक त्यहीबाटोमा हिड्नु पर्छ । प्रहरी सँग निहँु खोजेर भएन’ उनले भने । प्रहरीले गाडीवालाबाट संकलन गरेको रकम माथिल्लो निकायमा समेत पुग्ने गरेको बताईएको छ ।
मासिक रुपमा रकम बुझाउने गाडीवालालाई प्रहरीले पनि चेकजाँचमा कडाई गदैन । सिट र क्षमता भन्दा बढी यात्रु र समान राखेपनि नदेखे झै गर्ने गरेको असल शासन क्लव जिल्ला समन्वय समितिका अध्यक्ष बालकुमार शर्माले बताए । उनले भने ‘पैसा पाएपछि सवै कुरा मिल्दो रहेछ । जाजरकोट नेपालगञ्ज सडकमा पनि त्यस्तै छ । ट्राफिक नियमको पालना नै छैन ।’
रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ? । नेपाल प्रहरी विकृति विसंगति रोक्ने र कानुनको कार्यान्वयन गर्ने निकाय हो । तर त्यही निकाय लोभ लालचमा फसेपछि कसको आश गर्ने नागरिक अगुवा राजेन्द्र विक्रम शाहले भने गाडीवालाले गरेको गल्ती ढाकछोप गर्न रकम असुुल्नु गलत कार्य भएको बताए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख केशर कार्कीले गाडीवालाबाट प्रहरीले रकम लिने गरेको भन्ने कुरा गलत भएको दावी गरे । कुनैपनि पुलिसले पैसा लिएको पाईए कारवाही हुने बताए । कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर यादवले गाडीवालाबाट संस्थागत रुपमा रकम माग्ने कार्य नभएको दावी गरे । ‘रकम मागेको, तिरेको प्रमाण सहित ल्याउनुहोस म कारवाही गर्छु’उनले भने ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad