भालुको आक्रमणबाट मर्यो गाई

प्रवाह संवाददाता । जाजरकोट
बारेकोट गाउँपालिका–४ गोठगाउँमा भालुको आक्रमणबाट एउटा गाई मरेको छ भने दुई गाई घाईते भएका छन् । चरणको लागि जंगल पुगेका गाईलाई मंगलबार राति जंगली भालुले आक्रमण गरेको हो ।

तीन वटा भालुको आक्रमणमा बारेकोट–४ गोठगाउँका हरिबहादुर थापाका तीन वटा ब्याउने गाई परेको थापालाई उदृत गर्दै बारेकोट गाउँपालिका पशुपन्छी विकास शाखाका प्रमुख गोविन्द बहादुर सिंहले  जानकारी दिए । भालुको आक्रमणमा परेका तीन गाई मध्ये एक गाईको मृत्यु भएको छ भने, घाईते अबस्थामा रहेका दुई वटा गाईले घरतिर दौडिएर ज्यान जोगाउन सफल भएका छन् सिंहले भने–‘भालुको आक्रमणबाट घाईते भएका दुई वटा गाईको गाउँपालिकाको पशुपन्छी विकास शाखामा कार्यरत पशु प्राविधिकहरुले उपचार गरिरहेका छन् ।’

उपचार भईरहेका घाईते गाईको शरिरमा धेरै ठाउँमा गहिरा घाउहरु भएको विकास शाखा प्रमुख सिंहको भनाई रहेको छ ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya