हरिहरसिंह राठौर
जाजरकोट खलंगामा पुसको १३ देखी १५ गते सम्म लाग्ने रमाईलो मेला लगाउने कि नलगाउने भन्ने वहस चलिरहेको छ । तत्कालिन राजा वीरन्द्रको जन्मदिनको अवसर पारेर लाग्दै र लगाउँदै आएको यो मेला स्थल त्रिभुवन मावि खलंगाको प्रांगन हो । जहाँँ मेला महोत्सव लगाउँदा पठनपाठन प्रभावित हुने भन्दै भेरी नगरपालिकाले विद्यालयमा मेला महोत्सव नगर्न परिपत्र जारी गरेपछि मेला लाग्ने कि नलाग्ने भन्ने अन्यौलता छाएको छ । कसैले स्वस्फुर्त रुपमा ऐतिहासिक मेला लाग्न दिनु पर्ने तर्क गर्छन । उनीहरु महोत्सवको नाममा स्थानिय बासीबाट गेट भित्र गएको समेत पैसा असुलेर कमाई खाने गरेको गुनासो गर्छन । विद्यालय बाहिर भएपनि मेला लगाउनु पर्ने बताईरहेका छन् । यसै सन्र्दभमा यस मेला सम्बन्धि केही रोचक तथ्यहरु यसप्रकार रहेका छन् ।
रमाईलो मेलाका केहि रमाईला तथ्य
१) कलाकारहरु सहितको जिल्ला स्तरीय महोत्सवको आयषेजना स्या¨जा जिल्ला वाट आरम्भ भयो २०५० ताका वाट (मिती याद भएन ।) गण्डकी अंचलका चर्चित लोकदोहारी कलाकारले मेलम भरिन्थ्यो
२) सवै भन्दा वढी महोत्सव आयोजना गर्ने कास्कीको लेखनाथ र पोखरा ।
३) सरकारी स्तरवाटै महोत्सवको आयोजना गर्ने र थिती वसाल्ने जिल्ला जाजरकोटनै हो ।
४) त्यतिवेला महोत्सव नभने पनि तत्कालिन राजा वीरेन्द्रको शुभ राज्याभिषेक २०३१ पछि २०३४ पुस १३ वाट रमाईलो मेलाका नामले मध्यपश्चिम भरि प्रशिद्धभो । ५ दिन लगाएर पनि मेला हेर्न आउथे ।
५) त्यतिवेलाका जि.पं.सभापती तेजविक्रम शाहको अगुवाई र जिल्लाका तत्कालिन सिडियो, थाप्लेचौर हाईस्कुलका शिक्षकहरुको पहलमा २०३४ वाटै आरम्भ भयो
६) त्यतिवेलाका सवै ३० गाउ“पन्चायतले अनिवार्र्य आफनो मौलिक संस्कृति झल्काउन भए नाच नभए दमाहा मात्रै भए पनि अनिवार्य उपस्थितीहुन उर्दी थियो ।
७) पुस १४ गते गैरीखाली वाट निस्कने जुलुस वजार परिक्रमा गरि ३ घण्टाको समय लगायर थाप्ले चौर पुगेर आमशभामा परिणत भै पन्चायत र राजाका गुणगान हुन्थ्यो अनी अरु कार्यक्रम हुन्थे । सवैले भाषण गर्न पाईदैन्थ्यो । आजकालका भाषण गर्नेहरु त छेउ पर्दैन्थे ।
८) मेला अवधीमा सदरमुकामका सवै दोकान पसल, होटल अनिवार्य वन्द गरि मेलामै पसल स्थापना गर्नु पथ्र्यो ।
९, छिमेकी जिल्ला रुकुम,सल्यान र रोेल्पा वाट वदाम सुन्तला आउथ्यो, जिलेवी हाल्न नेपालगंजवाट मधेसी आउथे । आकर्षणनै जिलेवी हुन्थ्यो । जुम्ला गुठीचौरका भेडा समेत प्रदर्शनीमा हुन्थे ।
१०) जनक पुस्तकालयको सहयोगार्थ मेलामा सानो चमेनागृह संचालनमा २०३५ मा आएको थियो । जाजरकोटमा त्यतिवेलानै मःम देखिएको हो। नत्र नामै सुन्दैन्थे ।
११) मेलाका संचालक,उदघोषक सवै जिम्मा हर्ताकर्ता ,मोहन विक्रम शाह, अमर शाह, कृष्ण शाक्य , हरि वस्नेत,अमर शाह, राजेस्वर कार्की ,ध्र्रुव्र केसी ,गोविन्द विक्रम शाह, शुरेस कार्की , हेरम्व शाह ,ईन्दिरा शाह, भवानी कार्की रेशम शाह, शिवा शाह, केदार शाह, पवन शाह, रत्ना शाह आदि हुन्थे । हामीविभिन्न ईभेन्टमा भाग लिएर पुरस्कार थाप्ने हो प्रथम भएर ।
१२) राती टहरावाट रक्सीमासु चोर्ने हुल्याहा हरुपनि हुन्थे ।
१३) स्गागत गीत तथा अन्य गीतमा हार्मोनियम वजाउने मान्छे हुदैन्थे। मादल त कैयन पटक मैले पनि वनाएकै हो। केदार सर र चौरजहारीवाट उत्तर गौतम दामई लाई वोलाईन्थो । फिस दिन पर्दैन्थयो । ससम्मान हुन्थे ।
ईतिहास नमेटौं कसैको ।