हुटहुटि

प्रतिभा अर्पण

प्रिय !

तिम्रो सफलतामा अडिएर

bhumi-sanrakshyan

गाईरहेछु ,विजयको गीत

बनाईरहेछु संभावनाको घर

तिमी बढ्दै जाउ

अघि अघि समेट्दै जाउ

सम्मोहनको सन्जाल किन हो किन

हर क्षण तिमी हिँडेको मन पर्छ मलाई

तिमी बोलेको मन पर्छ मलाई र,

तिम्रै बखानमा म मेरो सारा

जीवन अर्पण

गरिदिन सक्छु

तिमिले नै बनाएको बाटो भएर त

मैले कुद्न पाएकी छु यसरी

तिमिले रचेका अक्षरहरु बुझ्न त म पढ्न थालेकी छु

जिन्दगी केही

प्रिय !

म तिम्रो गहिरो सोचाईको सौम्यताभित्र

किन किन आफ्नै हृदयका नगाईएका प्रेमिल

गीतहरुको लय भेट्टाउछु

म तिम्रो आफ्नै कार्यशैली र योजनाहरुमा पनि

मेरै सौख र रुचिहरु दौडिरहेको पाँउछु

हो,

मेरो प्रिय मान्छे

साथ पाउनुमात्र प्रेम होईन भने

हात लाउनुमात्र माया होईन भने

तिम्रो जन्म मैले हेर्नमात्र भएको हो

अनि तिमी शिर्फ मेरो हुनमात्र जन्मिएका हौ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya