राजेन्द्र कार्की । जाजरकोट
सल्यानकी एक महिलालाई भारत लिएर बेचबिखन गरेको आरोपमा जाजरकोटका एक युवालाई प्रहरीले पक्राउ गरेको छ् । आरोप लागेका युवालाई जगतिपुर ईलाका प्रहरी कार्यालयबाट खटेको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ पाट्के छहरा निबासी २२ बर्षिय महिलालाई भारतमा लिएर बेचेको आरोपमा जाजरकोट जिल्ला भेरी नगरपालिका–९ भुर बाँन्नीका १९ बर्षिय दिनेश खड्कालाई प्रहरीले पक्राउ गरेको छ । घरबाटै पक्राउ परेका खड्कालाई ईप्रका जगतिपुरले सल्यान जिल्ला प्रहरी कार्यालयमा बुझाएको जिप्रका जाजरकोटका प्रहरी निरिक्षक केशरबहादुर कार्कीले जानकारी दिए ।
मानव बेचबिखन घटनामा संलग्न भएको आरोप लागेकी जाजरकोटकै ३० बर्षिय एक महिला भने फरार रहेको प्रहरीले जनाएको छ । आरोपित महिलाको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक कार्कीले बताए । आरोपित महिलाको नाम र ठेगाना भने, प्रहरीले सार्वजनिक नगरेर गोप्य राखेको छ । बिबाह गर्ने प्रलोभन देखाएर ति महिलालाई भारतमा लिएर बेचबिखन गरेको प्रहरीले जनाएको छ । गत असार २५ गते घरबाट भगाएर भारत पुर्याईएकी उक्त २२ बर्षिय महिलाको साथमा २ बर्षिय छोरा पनि बेचबिखनमा परेको प्रहरीले जनाएको छ । बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका श्रीमान घर फर्केपछि मात्र जिल्ला प्रहरी कार्यालयमा मानव बेचबिखन सम्बन्धिको मुद्धा दायर गरेका थिए । प्रहरीले पिडित महिलाको खोजीका लागी अनुसञ्धान भईरहेको जनाएको छ ।