तारजाली पर्खालले बचायो गाडी दुघर्टना हुनबाट

राजेन्द्र कार्की । जाजरकोट

तारजालीको पर्खालले जाजरकोटको बोहरा मोडमा गाडी दुघर्टनाबाट बचाएको छ । पश्चिम रुकुमको राडीबजारबाट नेपालगञ्जका लागी छुटेको ना ६ ख ४०३ नम्बरको देउतीबज्यै ट्राभल्सको बस ठुलो दुघर्टनाबाट जोगिएको हो ।

भेरी नगरपालिका ४ बोहरा मोडमा गाडी मोड्ने क्रममा बसको ब्रेक फेल हुँदा गाडी दुघर्टनामा परेको हो । गाडी नमोडिएर सिधै सडक छेउमा लगाईएको तारजालीको पर्खालमा गएर अड्किएको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्यामबहादुर खत्रीले बताए । तार जालीले नअड्काएको भए गाडी सिधै भीरमा खस्थ्यो उनले भने ‘धन्न ठुलो दुघर्टनाबाट जोगियो ।’ यात्रु महेश सुनारले भाग्यले बाँचेको बताए । ‘गाडी मोडने क्रममा गाडी सिधै पर्खालमा गएर अड्कियो हाम्रो त सातोपत्लो नै गयो धन्न बाँचियो’ उनले भने ।

bhumi-sanrakshyan
ठुलो दुघर्टना पर्नबाट जोगिएको गाडी तस्वीर सामाजिक सञ्जाल

४० जना यात्रु लिएर गएको गाडीका यात्री भने सकुसल छन् । सो गाडी विग्रिएपछि सदरमुकाम खलंगाबाट सोही समितिको अर्को गाडी लिएर यात्रुलाई गन्तब्य तर्फ पठाईएको डिएस्पी खत्रीको भनाई छ । गाडीको अवस्था जाँच नगरि हचुवाका भरमा चलाउँदा दुघर्टनाको जोखिम बढेको स्थानियको भनाई छ । तीन बर्ष अघि सोही मोडमा गाडी दुर्घटना हुँदा २७ जना यात्रुको मृत्यु भएको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya