गाई डुलाएर पुजा गराउँदै रामबहादुर

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट नलगाड लहँ स्थायी घर भएका रामबहादुर खत्री हाल सदरमुकाम खलंगा बस्छन् । उनी बर्षेनी गाई पुजाका दिन घरघरमा चोक चोकमा गाई लिएर पुजा गर्न सहज बनाउँछन् ।

रामबहादुर खत्रीले डुलाईरहेको गाईलाई पुजा गदै खलंगावासी

सदरमुकाम खलंगामा गाईको अभाव छ । हिन्दु धर्ममा आस्था राख्नेहरुले यमपञ्चक अन्र्तरगत औसीको  दिन गाई पुजा गर्ने गर्दछन् । तर गाई नहुँदा पुजा गर्न समस्या परिरहेको बेला उनले गाईलाई घरघरमा चोकचोकमा डुलाएर पुजा गर्न सहज बनाउने गरेका छन् । एउटा गाईलाई विहानै देखि डुलाएर सदरमुकाम भित्रका सवै श्रदालुहरुको आवश्यकतालाई पुरा गरिदिने गरेका छन् । हिन्दु धर्ममा विश्वास गर्नेहरुले गौमाताको रुपमा पुजा गर्न सहज होस भनेर गाईलाई टोलटोल लिने गरेको खत्रीले बताए । उनले गाईलाई चढाएको भेटी र दाना संकलन गरेर सोही गाईको लागी खर्चिने गरेका छन् । गाईतिहारका दिन गाईलाई मनपर्ने खाना दिएर पुजा गर्ने गरिन्छ । कतिपयले रक्षाबन्धनमा बाँधेको डोरी समेत गाईको पुच्छरमा बाँधेर विर्सजन गर्ने गर्दछन् । गाई डुलाएर पुजा गर्न सहज बनाएकोमा स्थानियले उनको कायृको प्रशंसा गर्ने गरेका छन् ।

लक्ष्मी पुजाको दिन रंगोली बनाएर लक्ष्मीको पुजा गरिदै

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad