प्रहरीले गर्यो गाँजा नष्ट

lagu ausadhi biruddha abhiyan jajarkot

जाजरकोट– जिल्लाको कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित प्रहरी चौकी नजिकै मकैबारीमा लगाईएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय पाँचकाटिया नजिकै गाँजा खेती गरिएको समाचार सार्वजनिक भएपछि प्रहरीले स्थानीय पदमबहादुर खत्रीको दुई रोपनी जग्गामा लगाईएको गाँजा नष्ट गरेको हो । खत्रीको जग्गामा केहि बर्ष देखि स्थानीय जनकबहादुर खड्काले खेती गदै आएका छन् । मकै र सिमि लगाएको जग्गामा सो गाँजा खेती गरिएको नभएर आफै उम्रिएको खड्काको भनाई छ । जिल्ला प्रहरी प्रमुख डिएस्पी श्यामबहादुर खत्रीको निर्देशनमा पाक्ने अवस्थाको भाँगो प्रहरीले नष्ट गरेको हो । गाँजा खेती गर्न सरकारले प्रतिवन्ध लगाएको छ । गाँजाबाट अवैध लागु पदार्थ चरेस र अचार खानको लागी दाना प्रयोग गर्ने गरिन्छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad