प्रहरी कार्यालय नजिकै गाँजा खेती

जाजरकोट–जाजरकोटमा एक प्रहरी कार्यालय नजिकै गाँजा (चरेस) खेती गरिएको पाईएको छ । कुशे ५ स्थित ईलाका प्रहरी कार्यालय पाँचकाटियाको फिल्डसंगै जोडिएको जग्गामा अबैद्य लागु औषध गाँजा (चरेस) खेती गरिएको हो । तर उक्त गाँजा खेतीबारे प्रहरी भने बेखवर जस्तै बनेको छ ।

गाँजा (चरेस), अफिम जस्ता अबैद्य लागु औषधको उत्पादन, खरिद, विक्रि, ओसार पसारका लागि केन्द्रविन्दुका रुपमा रहेको जाजरकोट जिल्लाको कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित ईलाका प्रहरी कार्यालय नजिकैको करीव तीन रोपनी जग्गामा गाँजा (चरेस) खेती गरिएको छ । स्थानियले अचार खानको लागी गाँजा ( भाँगो ) लगाएको बताएका छन् ।

नेपाल सरकारले अन्तराष्ट्रिय संन्धिमा हस्ताक्षर गरेपछि गाँजा (चरेस), अफिम जस्ता अबैद्य लागु औषधको उत्पादन, खरिद, विक्रि, ओसार पसारमा प्रतिबन्ध लगाईएको हो ।

bhumi-sanrakshyan

प्रहरी चौकीको फिल्ड र उक्त गाँजा खेती गरिएको जग्गा बीचको दुरी डेढ सय मिटर भन्दा कम रहेको छ । प्रहरी चौकी देखि पश्चिम पुर्वमा रहेको जग्गामा उक्त गाँजा खेती गरिएको छ । जिल्ला प्रहरी प्रमुख डिएस्पी श्यामबहादुर खत्रीले प्रहरी कार्यालय नजिकै गरिएको गाँजाखेतीबारे अनभिज्ञता प्रकट गरे । ‘म त्यतातिर नगएको धेरै भयो के रहेछ म बुझ्छु यदि गाँजा खेती गरिएको रहेछ भने तत्काल नष्ट गर्न आदेश दिन्छु’, उनले भने ।

उक्त स्थान जिल्ला सदरमुकाम खलंगाबाट चार घण्टा पैदल दुरीमा पर्छ । जाजरकोट जिल्लाका विभिन्न स्थानमा लुकीचोरी ठुलो मात्रामा गाँजा खेती गर्ने गरिएको छ । गाँजा खेतीबाट अचारको रुपमा प्रयोग गरिने गाँजाको गेडा भाँगो र गाँजाको चोपबाट चरेस निकालेर विक्री गर्ने गरिएको छ । गत बर्षतिर प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गर्ने गरेपनि यस पटक गाँजा नष्ट अभियान थालिएको छैन ।
क्याप्सन ः ईलाका प्रहरी कार्यालय पाँचकाटिया नजिकै गरिएको गाँजा खेती तस्वीर दीपबहादुर घर्ती

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya