नेपाल र चीनबीच १७ सम्झौतामा हस्ताक्षर

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १७ समझदारी पत्रमा हस्ताक्षर भएको छ । होटल सोल्टीमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल र सी को नेतृत्वमा चिनियाँ प्रतिनिधि मण्डलबीच उच्चस्तरीय वार्ता वार्तापछि १७ समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

सी र ओलीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएपछि सी स्वदेश फर्कने तयारीमा छन्।

हस्ताक्षर पत्रमा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोरलगायतका विषय समावेश गरिएका छन्। केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहेको छ।

bhumi-sanrakshyan

शनिबार अपराह्न नेपाल आएका सीले शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए। शनिबार बेलुका नै सी र देउवाबीच होटल सोल्टीमा भेटवार्ता भएको थियो।

आइतबार बिहान नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग भेटवार्ता भएको थियो। लगतै प्रचण्डसँग सीले अलग्गै भेटवार्ता गरेका थिए।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya