काठमाडौं : दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ होटल सोल्टीमा उच्च स्तरीय भेटघाटमा व्यस्त छन् । अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग भेटवार्ता भइरहेको छ । लगतै प्रचण्डसँग अलग्गै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
दाहालसँगको भेटपछि प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने कार्यतालिका छ।
शनिबार अपराह्न नेपाल आएका सीले शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । शनिबार बेलुका नै सी र देउवाबीच होटल सोल्टीमा भेटवार्ता भएको थियो।