सहदेव बस्नेत । जाजरकोट
भेरी नगरपालिका १ का ५२ वर्षिय तिलेवादीलाई केहीबर्ष अगाडी सम्म चाडपर्वको बेला मादल वनाउने कामले भ्याई नभ्याई हुन्थ्योे । घरका सवै परिवारहरु त्यही काममा व्यस्त हुन्थ्यो । सवै मादल निर्माणको लागि आवस्यक पर्ने कच्चापदार्थहरु संकलन र निर्माणमा व्यस्त रहन्थे ।
तर अहिले अवस्था फेरिएको छ । मादलको ठाँउमा आधुनिक डेकले ठाँउ आगटेपछि उनी फुर्सदिला भएका छन् । मादल विक्रि हुन छाडेसँगै उनको मादल बनाउने पेशा पनि विस्थापित भएको छ । पुखौ देखीको पेसाबाट पलायन हुनु पर्दा उनको परिवारलाई दैनिक छाक टार्न समस्याभएको छ ।
सोही ठाँउका ६२ वर्षिय मर्दविर वादी पनि आफुलाई त्यतिखेर घरमा मादल वनाउन आएका ग्राहकको कारण खाने समेत फुर्सद हुदैन्थ्यो । सवै जना दशैं तिहारको लागि मादल वनाउन आउनेहरुले उनको घर भरीभराउ हुन्थ्यो । बढ्दो आधुनिकता सँगै मादल विक्रि हुन छाडेपछि मादल ब्यवसाय पनि लोप हुनथालेको छ ।
उनीहरु मात्र होइन, त्यस गाउँका २० परिवार सवैको मादल वनाउने पेशा वाट नै आफ्नो जिविकोपार्जनको माध्याम वनेको थियो । मादल वनाए वापत साहुबाट त्यतिखेर कतिपयले खलो (अन्न)पाएर गुजरा चलाउथे भने कतिपयले नगदै रकमदिने गर्दथे ।त्यसै वाट उनीहरुको जीवनचलाउने माध्याम वनेको थियो ।
तर आजभोलि वढ्दो आधुनिकता सँगै भित्रिएका वाद्यवादनका साधनहरुले उनीहरुको मादल पेशा संकटमा परेको हो । जसले गर्दा यस जातिलाई अचेल दैनिक जीविका चलाउन मुश्किल परेको छ । त्यति वेला यस सिजनमा पाँच सय बढी मादल विक्री हुने गरेको तर अचेल दुई चार वटा पनि मादल विक्री नुहने वादीअगुवा डोटे वादीले वताए ।
यसरी आफुहरुको मादलवनाउने पेशा संकटमा परेपछि आजभोली उनीहरु अन्य पेशा अंगाल्न वाध्य भएका छन । कतिपय कमाइका लागि भारत जाने र अन्य व्यापार व्यवसाय गर्न थालेका छन । मादल वनाउने पेसा संकटमा परेपछि १० बादी परिवार भारत तर्फ पलायन भैसकेका छन् । वादीअगुवा एवं भेरी नगर कार्य समिति सदस्यवीर वहादुर वादीले भने“बादीजातीको मादलबनाउने पेशालाई संरक्षण गरी संस्कृति जोगाउन सरकारले विशेष पहलगर्नुपर्छ । ”
स्थानिय सरकारले यस जातिका लागि लक्षित कार्यक्रम अन्तरगत वादी समुदायलाई मादल निर्माणको लागि आधुनिक मेशीन तथा औजारहरको व्यवस्थापन गरेमा यहाँ निर्माण गरेका मादललाई अन्य जिल्लामा समेत पठाउन सकिने स्थानियको भनाई छ ।