बासुदेव शर्मा । जाजरकोट
भेरी नगरपालिकाका १३ वटै वडामा सुचनाको हक सम्वन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । महिला,दलित समुदाय, नागरिक अगुवा जनप्रतिनिधि लगााएत सरोकारवालाहरुसग भेरी नगरपालिकाको सहकार्य तथा हेल्भेटास नेपालको आयोजनामा अभिमुखीकरण सम्पन्न गरिएको हो ।
नेपालको संविधानमा उल्लेख गरेका मौलिक हक मध्ये सुचनाको हक नागरिकहरुको महत्वपुर्ण हक भएकोले नागरिकहरुलाई जानकारी गराउन भेरी नगरपालिकाका सवै वडाहरुमा कार्यक्रमको आयोजना गरिएको हो ।
भेरी नगरपालिकाका सवै वडाका स्थानिय नागरिक आमा समुह, दलित समुदाय, सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो । नागरिकहरुलाई सुचनाको हक ,सार्वजनिक निकायको परिभाषा, सुचनामा सार्वजनिक निकायको दायित्व, सार्वजनिक निकायले दिन नसक्ने सुचना, सार्वजनिक निकायले स्वत प्रकाशन गर्नु पर्ने २० बुदाँमा उल्लेख गरेका कुराहरुको जानकारी गराईएको थियो ।
सार्वजनिक निकायले सुचना प्रवाहको लागी सुचना अधिकरीको व्यवस्था,सुचना माग गर्ने तरिका, सुचना पाउने प्रक्रिया, सुचनादाताको संरक्षण, नागरिकहरुले सुचना माग गर्दा लाग्ने दस्तुर, सुचना माग गरेपछि सुचना अधिकारीले सुचना नदिएमा सुचना अधिकारीलाई उजुरी , सजाय, सुचना अधिकारीले सुचना नदिए पुनरावेदन दिन सक्ने, सजायको व्यवस्था, क्षतिपुर्तिको व्यवस्था लगाएत नागरिकले सार्वजनिक निकायबाट सुनचा नपाएपछि लिखित निवेदनका विषयमा जानकारी गराइएको थियो ।
भेरी नगरपालिका ७ की कौसिला वलीले सार्वजनिक निकायले नागरिकहरुलाई सुचनामा सरल पहुचँ नवनाएको नागरिकहरुले सुचना माग गरे पनि आल्टेल पारेर पठाउने परिपाटीअझैपनि यथावत रहेकोले नागरिकको सुचनामा सरल र सहज पहुचँ नभएको वताउनु भयो ।
सुचनाको हक नागरिकहरुको मौलिक हकहरु मध्य महत्वपुर्ण हक भएकोले सार्वजनिक निकायले नागरिकहरुको सुचनमा सरल पहुचँ नवनाएको वताउदै कानुनमा उल्लेख भएको प्रक्रियालाई अवलम्वन गरेर सुचना सजिलै पाउनेसुचनाको हकलाई सस्थागत विकास गर्न सकिने भएकोले ऐन कानुनमा उल्लेख गरेको प्रक्रिया पुरा गरे सरल तरिकाले सुचना पाउन सक्ने भेरी नगरपालिका ९ का वुद्धि बहादुर नेपालीको भनाई रहेको छ ।
सार्वजनिक निकायमा सुचना माग्ने विषयमा नागरिकहरुलाई जानकारी नभएकोले लिखित रुपमा सुचना माग गर्ने वानीको विकास नभएकोले सुचना पाउन सकेका छैन्न भने सार्वजनिक निकायले स्वत प्रकाशन गर्नु पर्ने सुचना प्रकाशन नगरेकोले पनि सुचनामा नागरिकहरुको पहुचमा कमी आएको स्थानियहरुको भनाई रहेको छ ।
वडा कार्यालय, विषयगत शाखा नगर कार्यकापालिकाको कार्यालयबाट प्रवाह हुने सेवा सुविधा लिने प्रक्रियामा आधारभुत सुचना लिने दिने छौ । भेरी नगरपालिकाको चालु आर्थिक वर्षको वार्षिक वजेट कार्यक्रम वडा कार्यालयहरुमा १५ दिन भित्र सार्वजनिक गर्ने गुनासो सुनुवाई सम्वन्धि संयन्त्रलाई संस्थागत गर्ने,वडा कार्यालय विषयगत शाखा, नगर कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा सुविधा लगाएत नागरिकका सरोकारका विषयमा प्रचलित कानुन बमोजिम नियमित रुपमा सुचना माग गर्ने र सुचना प्रवाह गर्ने लगाएतका प्रतिवद्धतामा सुचनाको हक प्रवद्र्धन गर्न गराउन सरोकारवाला स्थानिय वासीहरुले प्रतिवद्धतामा हस्ताक्षर गरेको थिए ।