खलंगामा कृष्णजीको रथयात्रा

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता
भदौ ६ जाजरकोट ।
कृष्णजन्माष्टमीको अवसरमा जाजरकोटमा भव्य रथयात्रा निकालिएको छ । जिल्लाका स्थानीय हिन्दु धर्मावलम्वीहरुले कृष्णको प्रतिमालाई पालकी ( डोलीमा ) हालेर वजार परिक्रमा गराउदै रथयात्रा गराएका हुन् ।

भगवान कृष्ण प्रति उच्च श्रद्धाभाव देखाउदै उनीहरुले स्थानीय राधा माधव समिति नेपालको थाप्ले स्थित धामवाट वाजागाजा, अविर जात्रा र कर्कल ध्वनीका साथ खलंगावजार भरि रथयात्रा गराएका हुन् । रथ यात्रामा स्थानीय वालवालिका, युवा युवती, जेष्ठ नागरिक र महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । जाजरकोट सदरमुकाम खलंगाको थाप्लेवाट सुरु भएको उक्त रथयात्रा न्युरोड, ठाँटीवजार, वाहुनवाडा, गैरीखाली, भगवतीटोल, वाठावारा, जुजुवारा, काजीवारा, सिमलगैरी हुदै पुन ठाँटीवजार भएर राधा माधव समिति नेपालको थाप्ले स्थित धाममा पुगी भजन किर्तन र पुजाआजामा परिणत भएको थियो ।

कृष्ण भगवानको व्रत वसेका भक्तजनहरुले रथ यात्रा र अन्य धार्मिक कार्यमा सक्रिय सहभागिता जनाएका छन् । स्थानीयवासीहरुमा मनोरन्जन प्रदान गर्न र सकारात्मक धार्मिक आस्थाको जगेर्ना गर्न तथा भगवान कृष्ण प्रति उच्च श्रद्धाभाव जनाउन रथ यात्रा गरिएको रथयात्राको आयोजक सँस्था राधा माधव समिति नेपाल जाजरकोटका संयोजक ओमप्रकाश राठौरले वताए । उनले रथयात्रामा स्थानीयवासीले स्वःस्फुर्त सहभागिता जनाएको वताए । आफुहरुले विभिन्न समयमा कृष्णको रथयात्रा गर्नुका साथै सामाजिक कार्यमा समेत स्थानीय युवा र वालवालिकाहरुको सक्रिय सहभागिता गराउने गरेको राठौरले वताए । रथयात्रामा आत्मीय सन्तुष्टि र धार्मिक आस्थाका हिसावले आफु सक्रिय भएको स्थानीय ओमबहादुर खत्रीले वताए । उनले सकरात्मक र सामाजिक सोच निर्माणमा सहयोग पुग्ने भएकोले रथयात्रा लगाएतका धार्मिक तथा सामाजिक गतिविधिमा लागेको वताए ।

यस्तै जिल्लाका नेवार तथा अन्य समुदायका सर्वसाधारणहरुले पनि लाखे नाँचकै प्रसंगमा कृष्णजीको महिमा गाउदै वजार परिक्रमा गरेका छन् । जिल्लाको स्थानीय परम्परा अनुसार शनिवार अर्थात कृष्ण जन्माष्टमीको भोलिपल्ट लाखे मार्ने नाँच चलाउने गरिन्छ । सोहि क्रममा भगवान कृष्णजीको महिमा गाउदै नेवार समुदाय र अन्यले शुक्रवार गैरीखाली देखि ठाँटीवजार हुदै रयाली मार्फत परिक्रमा गरेका हुन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad